

-
सर्लाही । आलुको उचित मूल्य पाउन नसक्दा यहाँका किसान मारमा परेका छन् ।
बजारमा भारतीय आलु आयात गरिएपछि मूल्यमा आएको गिरावटका कारण यहाँका किसान मारमा परेका हुन् । उचित मूल्य नपाएपछि यहाँका किसानले उत्पादन गरेको आलु बिक्री हुन छाडेका छन् । भारतीय आलु नेपाली बजारमा भित्रिएपछि आफूहरु आलुको उचित मूल्य नपाएको हजरियाका किसान मुकेश महतोले बताए । “भारतीय आलुका कारण यो वर्ष पनि लागत मूल्य उठाउन मुस्किल परेको छ”, उाले भने, “उचित मूल्य नपाउँदा सडेर जाने खतरा छ । स्थानीय उत्पादित आलुको तुलनामा भारतीय आलु सस्तो छ । त्यसैले स्थानीय आलुले बजार पाउन सकेको छैन ।”
बजारमा अहिले रातो आलु प्रतिकेजी २८ र सेतो आलु प्रतिकेजी २४ का दरले बिक्री भइरहेको छ । तीन वर्षदेखि लगातार घटेको आलुको मूल्य यो वर्ष पनि बढ्न नसकेपछि किसानले आलुखेतीको विकल्प खोज्न थालेका छन् । “पहिले आलुखेतीबाट राम्रै फाइदा हुन्थ्यो, अब त लगानी उठाउन मुस्किल पर्न थालेको छ”, अर्का किसान शिवजी महतोले भने, “गएको वर्ष पनि आलुखेतीबाट ६० हजार नोक्सान भयो, अब ऋण तिर्न नसकिने भयो ।” पाँच वर्ष पहिले प्रतिकेजी ३७ मा बिक्री भएको आलु अहिले २५ देखि ३० मा बेच्नुपरेको अर्का किसान रोहन महतोको गुनासो छ ।
जिल्लाको हजरिया, राजघाट, शङ्करपुर, सुन्दरपुर र बरहथवा क्षेत्रमा सबैभन्दा बढी आलु उत्पादन हुने गरेको छ । बजार मूल्य राम्रो नभपछि जिल्लाका किसानले खेतबारीमै आलु थुप्रो लगाएर राखेका छन् । जिल्लामा शीतभण्डारणको व्यवस्था नहुँदा यहाँका किसान थप मारमा परेका छन् । जिल्लामा शीतभण्डारका लागि पटक पटक कुरा उठे पनि अहिलेसम्म कुनै काम नभएको स्थानीयवासीले बताएका छन् ।
राम्रो माटो भएको जग्गामा प्रतिकट्ठा १० क्विन्टलसम्म आलु उत्पादन हुने गरेको किसानले बताएका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका बेलामा पनि भारतीय आलु आयात हुँदा आफूहरु अचम्मित भएको किसानको भनाइ छ । अहिले जिल्लाका अधिकांश बजारमा भारतीय आलु, प्याज तथा कागतीको बिगबिगी छ । रासस
News Desk 0 response बुधबार, जेष्ठ २८, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३
-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३



