

-
चितवन । निजी क्षेत्रबाट हाइब्रिड मकैको बीउ उत्पादनलाई तीव्रता दिइएको छ । गत वर्षबाट नेपालमा व्यावसायिकरूपमा सो जातकोे बीउ उत्पादन थालिएको हो । गत वर्ष दुई स्थानमा बीउ उत्पादन गरिएकामा यस वर्ष छ स्थानमा बीउ उत्पादनका लागि काम भइरहेको छ । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले विकास गरेको रामपुर हाइब्रिड–१० जातको बीउ ती स्थानमा उत्पादन थालिएको हो । कार्यक्रमका प्रमुख केशवबाबु कोइरालाका अनुसार यस वर्ष झापाको महारानी झोडा कृषि सहकारीले दुई दशमलव पाँच हेक्टरमा मकैको बीउ उत्पादन गर्दैछ । त्यहाँ सात टन उत्पादन हुने अपेक्षा गरिएको छ ।
गोरखा सिड्स कम्पनी दाङले चितवनको दिव्यनगरमा तीन हेक्टरमा बीउ उत्पादन गर्दैछ । त्यहाँ छदेखि आठ टन उत्पादन हुने अपेक्षा छ । लुम्बिनी सिड्स कम्पनीले भैरहवामा आठ हेक्टरमा बीउ उत्पादन गर्दैछ । १० देखि १५ टन उत्पादन हुने अपेक्षा गरिएको उनले जानकारी दिए । धनगढीको युनिक सिड्स कम्पनीले दुई हेक्टरमा मकैको बीउ उत्पादन गरिरहेको छ । जहाँ पाँचदेखि छ टन उत्पादन हुने लक्ष्य लिइएको छ । धनगढीकै पञ्चशक्ति सिड्स कम्पनीले एक हेक्टरमा दुई दशमलव पाँच टन मकैको बीउ उत्पादन गर्ने लक्ष्य राखेको छ ।
बाँकेको गेट नेपालले एक हेक्टरमा बीउ उत्पादन गर्न लागेको भए पनि असफल भएको कोइरालाले जानकारी दिए । गत वर्ष झापाको महारानी झोडा कृषि सहकारीले दुई दशमलव दुई टन र लुम्बिनी सिड्स कम्पनीले दुई दशमलव पाँच टन बीउ उत्पादन गरेका थिए । नेपालमा नौ लाख ५४ हजार हेक्टरमा मकै लगाउने गरिन्छ । एक हेक्टरमा २० किलो बीउ आवश्यक पर्दछ । कोइरालाका अनुसार १० देखि १५ प्रतिशत जमिनमा हाइब्रिड मकै लगाउने गरिन्छ । सालाखाला चारदेखि पाँच टन प्रतिहेक्टर उत्पादन हुने गर्दछ ।
बारा, पर्सा जिल्लामा छदेखि सात टनसम्म उत्पादन हुने गरेको कोइरालाको भनाइ छ । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले हालसम्म सात हाइब्रिड जातका मकैको विकास गरेको छ । जसमध्ये पाँच सिफारिस भएका छन् भने दुई सूचीकृत भइसकेका छन् । उनका अनुसार सूचीकृत भएका जातमा रामपुर हाइब्रिड–१० र रामपुर हाइब्रिड–८ हुन् । गौरव, रामपुर हाइब्रिड–२, रामपुर हाइब्रिड–४, रामपुर हाइब्रिड–६ र खुमल हाइब्रिड–२ सिफारिस भएका जात हुन् ।
हाइब्रिड विकास गर्न आठदेखि १० वर्ष समय लाग्ने गर्दछ । रामपुरले हाइब्रिडसँगै विभिन्न ३७ जातका मकै विकास गरिसकेको छ । हावापानीका हिसाबले तराई, मध्यपहाड, उच्च पहाडी, रङका हिसाबले सेतो, पहेँलो र खुला सेचित जातका मकैका बीउ उत्पादन गरेको उनले जानकारी दिए । निजी क्षेत्रलाई हाइब्रिड बीउ उत्पादन गर्न रामपुरले स्रोत बीउ र प्राविधिक सहयोग गर्दै आएको छ । कोइरालाका अनुसार एक हेक्टरमा १६ किलो पोथी लाइनको र चार किलो भाले लाइनको बीउ दिइएको हो । अहिले बीउ मकै थन्क्याउने समय भए पनि लकडाउनका कारण आफूहरु बीउ लगाएका ठाउँमा पुग्न नसकेको उनले बताए ।
विसं २०२९ देखि रामपुरमा मकैको अनुसन्धान थालिएको हो । बीउ व्यवसायी सङ्घका पूर्वअध्यक्ष मित्रराज दवाडीका अनुसार नेपालमा वर्षमा दुई हजार मेट्रिक टन मकैको हाइब्रिड बीउ आयात हुने गरेको छ । प्रतिकिलो ४५० देखि ६०० सम्ममा बीउ आउने गरेको उनको भनाइ छ । स्वदेशमै उत्पादन गर्न सकेमा बाहिर जाने ठूलो रकम यही बस्ने उनले बताए ।
प्रमुख कोइरालाले आयातित मकैको बीउमा कहिलेकाहीँ समस्या आएको भन्दै सरकारले २३ करोडसम्म राहत दिएको उदाहरण दिए । नेपालमा नै सरकारले लगानी गरेर हाइब्रिड बीउ उत्पादन वढाउन सके रकम बाहिर नजाने र उत्पादन वढाउन सकिने उनको भनाइ छ । उनले भने, “अर्काको भर पर्दा समस्या पर्ने गरेको छ । यही बीउ उत्पादनका लागि सरकारले सहयोग गर्नुपर्छ ।” रासस
News Desk 0 response शुक्रबार, जेष्ठ २३, २०७७

सम्बन्धित शीर्षकहरु
साढे ९ खर्ब रुपैयाँभन्दा धेरैको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर संलग्न : एफबीआई
आइतवार, कार्तिक १६, २०८३-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


