

-
मेलम्ची । निजी क्षेत्रले कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्रीको आयात गरेसँगै तातोपानी भन्सार कार्यालयको राजश्व सङ्कलनमा सकारात्मक प्रभाव देखिएको छ । सो कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार गत सोमबारसम्ममा चालू वर्षको राजश्व एक अर्ब २७ करोड २६ लाख सङ्कलन भएको छ । गत फागुनसम्ममा एक अर्ब आठ करोड ९५ लाख राजश्व सङ्कलन भएको थियो । गत चैत २६ गतेदेखि अहिलेसम्म १८ करोड ३१ लाख राजश्व असुली भएको छ । यही जेठमा मात्र १२ करोड ७५ लाख राजश्व सङ्कलन भएको छ । सरकारले स्वास्थ्य सामग्रीको आयातमा भने भन्सार शुल्क मिनाहा गरेको छ ।
गत चैत २६ देखि सो भन्सार पुनः सञ्चालनमा ल्याइएको थियो । सो नाकाबाट सबैभन्दा बढी कोभिड–१९ रोकथाम र परीक्षणसँग सम्बन्धित सामग्री आयात भएको छ । लकडाउन जारी रहँदा सो नाकाबाट एक अर्ब ७८ करोड २५ लाख २७ हजारको सामान भित्रिएको छ ।
उनले औषधि, कृषि सामग्री, मेसिनरी, एम्बुलेन्स र स्याउ तथा लसुन गरी उक्त मूल्यको सामान भित्रिएको जानकारी दिए । भन्सार कार्यालयका अनुसार २६ चैतदेखि एक अर्ब ६२ करोड १२ लाखको स्वास्थ सामग्री मात्र आयात भएको छ ।
यस्तै यस अवधिमा ११ करोड २० लाखको स्याउ र लसुन, चार करोड ४४ लाखको धानको बीउ, ८२ लाखको कृषि सामग्री र ४९ लाखको एम्बुलेन्स आयात भएको छ । रासस
News Desk 0 response बिहिबार, जेष्ठ २२, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३
-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३



