

-
काठमाडौं ।
भारतको तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो हुँदा सीमा क्षेत्रबाट तेल चोरी निकासी भएको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारले प्रतिलिटर १० रुपैयाँ कर थपेको छ। चोरी निकासी नियन्त्रण गर्नुको साटो कर मात्र बढाइँदा समग्र बजार नै मूल्यवृद्धि हुन सक्नेतर्फ सरकारले हेक्का राखेको छैन ।
भारतमा मंगलबार डिजेलको मूल्य प्रतिलिटर १ सय १० रुपैयाँ ४१ पैसा छ । नेपालमा करिब २७ रुपैयाँ सस्तो अर्थात ८३ रुपैयाँ ५० पैसा छ । भारतको तुलनामा तेलको भाउ सस्तो भएपछि नेपालको सीमा क्षेत्रबाट तस्करी भई भारततिरै जाने गरेको विषय धेरै अघिदेखि उठ्दै आएको हो । तर सरकारले तस्करी रोक्ने उपाय खोज्नुभन्दा बजेटमार्फत् १० प्रतिशत कर थपेको छ । भन्सारमा १० रुपैयाँ बढी तिर्नु परे पनि अन्तर्राष्ट्रिय बजारमा सस्तिएकाले नेपाल आयल निगमले अहिले नै मूल्य बढाएको छैन । भारतमा सोमबार ३० रुपैयाँ प्रतिलिटरमा खरिद गरेको आयल निगमले भन्सार महसुल ३६ रुपैयाँ तिरेको छ । बजेट आउनुअघिकै अवस्थामा भए निगमले जम्मा २६ रुपैयाँ तिरे पुग्थ्यो । आयात गर्दाको भाडा, डिलरलाई दिएको कमिसन र आफ्नो प्रशासनिक खर्च सहित १२ रुपैया जोड्दा तेलको मूल्य ७८ रुपैयाँ हुन आउँछ । यसरी हेर्दा अहिले पनि निगमलाई डिजलमा प्रतिलिटर ५ रुपैयाँ फाइदा छ। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दै गएपछि बल्ल सरकारले लगाएको कर जनताको थाप्लोमा पर्नेछ। तर निगम भने तेलको भाउ अन्तर्राष्ट्रिय बजारमा बढेमा सरकारबाट कर हेरफेर हुने आसमा छ। सरकारले यो वर्षको १० महिनामा १ खर्ब ४४ अर्बको पेट्रोलियम पदार्थ आयात गरेको थियो, जसबाट राज्यले ४३ अर्ब राजस्व प्राप्त गरेको छ । गत वर्षकै आकडामा प्रतिलिटिर १० रुपैयाँ कर थप्ने हो भने यसले राज्यको २० अर्ब रुपैया राजस्व बढाउनेछ । सरकारको राजस्व बढे पनि त्यसको मूल्य आम उपभोक्ताले चुकाउनुपर्नेछ । किनभने तेलको मूल्य बढ्यो भने बजारमा सबै क्षेत्रमा ह्वात्तै मूल्य बढाइहाल्ने प्रवृत्ति छ । अहिले नै नेपालमा उत्पादित वस्तुले छिमेकी मुलुकमा उत्पादित वस्तुसँग प्रतिस्पर्धा गर्न सकेका छैनन् ।
News Desk 0 response बुधबार, जेष्ठ २१, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३
-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३



