

-
काठमाडौँ । सरकारले नदी पथान्तरण आयोजनालाई विशेषरुपमा अगाडि बढाइरहेका सन्दर्भमा तराई–मधेशमा सिँचाइ सुविधा उपलब्ध गराउने सुनकोशी मरिन डाइभर्सन परियोजनाका लागि बजेट विनियोजन गरिएको छ ।
अर्थमनत्री डा युवराज खतिवडाले बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सुनकोशी मरिन डाइभर्सन आयोजनाका लागि दुई अर्ब ४६ करोड बराबरको बजेट विनियोजन गरेका छन् । सो रकम सुरुङमार्ग निर्माणलगायतका काममा खर्च गरिने भएको छ ।
सो आयोजनाको चालू आवमा नै प्रारम्भिक काम शुरु भइसकेको छ । सो आयोजनाबाट प्रदेश नं २ का बारा, पर्सा, रौतहटलगायतका जिल्लाका एक लाख २१ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । सो आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको छ ।
स्रोत तथा सिँचाइ विभागले अघि बढाइरहेको आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । आयोजनाका प्रमुख सुशील आचार्यका अनुसार सुरुङको डिटेल डिजाइन निर्माण कार्यसमेत सकिन लागेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन निर्माणको अन्तिम चरणमा छ । आयोजनाको सुरुङ खन्न प्रयोग गरिने टनेल बोरिङ मेसिन (टिबिएम) को डिजाइनसमेत निर्माण भइरहेको आचार्यले जानकारी दिए ।
सुनकोशीको पानी मरिनमा सुरुङमार्फत लगेर जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको सो आयोजनामा कूल ४६ अर्ब १९ करोड लाग्ने अनुमान गरिएको छ । यस्तै बाँकी संरचना निर्माण गर्नका लागि झण्डै ३० अर्ब लाग्ने बताइएको छ । आयोजनाबाट कूल २८ मेगावाट विद्युत् उत्पादन हुने जनाइएको छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–६ को कानढुङ्ग्री नजिक सुनकोशी नदीमा १२ मिटर उचाइको बाँध राखी ६७ क्युविक प्रतिसेकेन्ड पानी १३.१ किलोमिटर सुरुङबाट कमलामाई नगरपालिका–२ को कुसुमटारस्थित मरिन खोलामा पानी खसाल्ने गरी डिजाइन गरिएको छ । चालू आवमा समेत सो आयोजनाका लागि दुई अर्ब पाँच करोड बजेट विनियोजन गरिएको छ ।
News Desk 0 response बिहिबार, जेष्ठ १५, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३
-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३



