

-
ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिकामा व्यापकरूपमा फौजी किराको प्रकोप देखिएको छ । यस किराले वनजङ्गल भएको क्षेत्रमा बढी स्वामित्व जमाउने हुँदा यहाँको मकैबालीमा क्षति पुर्याएको देखिन्छ ।
वाग्मतीमा रहेका सात वडामध्ये वडा नं २ माल्टा, ४ प्युटार र ६ आश्राङमा फौजी किराको प्रकोप व्यापक देखिएको गाउँपालिका कृषि विकास शाखा प्रमुख सुवास खनालले बताए । उनले भने, “यी तीनवटा वडामध्ये प्युटारमा रोपिएका धेरै मकैबाली किराले खाएको छ । प्युटारको लगभग ९०० रोपनी तथा माल्टा र आश्राङमा पाँच–पाँच सय रोपनी जमिनमा क्षति पुर्याएको छ । यी वडाका हरेक किसानको बारीमा १० देखि १५ प्रतिशत मकैमा क्षति भएको खनालले जानकारी दिए ।
सो किराले मकैको गुभो खाइदिने तथा मकैको बोटमा लागेको धानचमरा खाइदिने र एकपल्टमा १०० देखि २०० अण्डा पार्ने हुँदा मकैबालीका लागि घातक हुन्छ । वाग्मतीमा हाल तीनथरिका मकैबाली उत्पादन भइरहेको छ । “एकथरिको मकै पहिलोपटक गोडिएको, दोस्रोथरिको मकै मान्छेको कम्मरसम्म आइपुग्ने र तेस्रोथरिको मकै भने धानचमरा लागिसकेको छ”, खनालले थपे, “हामीले यस रोग नियन्त्रणका लागि कृषि ज्ञान केन्द्र ललितपुरसँग समन्वय गरी समस्या समाधान गर्ने भएका छौँ ।”
मकैबालीमा समस्या देखिएको गुनासो गाउँपालिकाको कार्यालयमा आएसँगै आफूहरुले गएर केही टोलमा विषादी र स्प्रे वितरण गरिसकेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले बताए । उनले भने, “हामीले छिट्टै यस समस्याको समाधान गर्न छलफल अघि बढाइरहेका छौँ ।” यहाँका जनप्रतिनिधिले गाउँपालिकामा देखिने जुनसुकै समस्या समाधान गर्ने प्रतिबद्धता लिएसँगै बिनाचिन्ता बस्न लोप्चनले जनतालाई आग्रह गरेका छन् । रासस
News Desk 0 response बिहिबार, जेष्ठ १५, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३
-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३



