

-
स्याङ्जा । लकडाउन लम्बिएपछि माछा बिक्री गर्न नपाउँदा स्याङ्जाका मत्स्यपालक किसान मर्कामा परेका छन् ।
लकडाउन लम्बिँदै गएपछि बजार अभावका कारण उत्पादित माछा बिक्री गर्न नपाएर उनीहरु मर्कामा परेका हुन् । माछा बिक्री नहुँदा उनीहरुले माछापालनका लागि बनाइएका पोखरीको सफाइ र मर्मत गरी नयाँ भुरा राख्नसमेत पाएका छैनन् । बिक्रीका लागि तयारी भएको माछा पोखरीमै पालिरहनुपर्दा र दाना खुवाइरहनुपर्ने भएकाले किसान थप मर्कामा परेका छन् । आम्दानी लिने बेलामा थप त्यसैमा लगानी गर्नुपर्ने अवस्था आएपछि उत्साहित भएर माछापालन व्यवसायमा लागेका किसान यतिबेला भने निरास बनेका छन् ।
चैत र वैशाख पोखरी सफाइ र मर्मत गरी नयाँ भुरा राख्ने समय हो । सरकारले कोभिड– १९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको लकडाउनका कारण माछापालक किसान समस्यामा परेका हुन् । लकडाउनका कारण माछा बिक्री हुने होटेल र रेष्टुरेन्ट बन्द रहेको र हाटबजारसमेत नचलेपछि माछा पोखरीमै छन् ।
बिक्री गरिसक्नुपर्ने माछालाई दाना खुवाइरहनुपर्दा खर्च बढेको र गोदाममा भएको दाना सकिन थालेको गाल्याङ नगरपालिका–७ तारुखोला मत्स्य तथा कृषि फार्म सञ्चालक धनबहादुर मल्लले बताए । तीन करोडको लगानीमा चार जना मिलेर तारुखोला मत्स्य तथा कृषि फार्म सञ्चालन गरी तारुखोलामा व्यवसायिक रुपमा माछापालन गर्दै आएको बताउँदै उनले लकडाउनका कारण आफूहरु मर्कामा परेको बताए । उनले भने, “पोखरीमा माछा बिक्रीका लागि तयारी अवस्थामा छन् तर के गर्ने बन्दका कारण बिक्री गर्न नपाउँदा माछा पोखरीमै मर्ने अवस्था आएको छ ।” अर्का व्यवसायी तिलप्रसाद गैरेको पनि त्यस्तै गुनासो छ । उनले भने, “अरुबेला दैनिक एक क्विन्टलसम्म स्थानीय बजारमा माछा बिक्री गर्ने गरे पनि अहिले बजार अभावमा बेच्न नपाउँदा लामो समयसम्म पोखरीमै पाल्नुपर्ने भएकाले खर्च बढ्नुका साथै दाना खुवाउनसमेत समस्या छ ।”
बाउन्न रोपनी जग्गामा सञ्चालन गरिएको उक्त फार्ममा रहु, ग्राँस कार्ब, सिल्भर कार्ब र नैनी जातका माछा पालिएका छन् । कृषि पेशालाई नै मुख्य व्यवसाय बनाएर काम गरिरहेका किसान लकडाउन लम्बिँदै जाँदा समस्यामा परेका छन् भने उनीहरु किसानका लागि सरकारले राहतका कार्यक्रम ल्याउनुपर्ने मागसमेत गर्ने गरेका छन् ।
माछापालन व्यवसायमा राम्रै आम्दानी गर्दै आएको भए पनि लकडाउनका कारण हुर्किसकेको माछा बजारमा बिक्री नपाउँदा माछापालन किसानलाई बैँकबाट लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ । रासस
News Desk 0 response बुधबार, जेष्ठ १४, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३
-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३



