

-
लम्की । कैलालीमा किसानका मागबमोजिम धानको बीउ आपूर्ति हुनसकेको छैन । विगत वर्षमा धानखेती गर्ने समयमा बीउको खपत कम भए पनि यस वर्ष माग बढेर पूर्ति गर्न नसकेको बीउ उत्पादक सहकारी तथा कम्पनीले जनाएका छन् । अघिल्ला वर्ष सीमापारि भारतीय बजारबाट धानको बीउ ल्याएर किसानले छर्ने गर्दथे । यो वर्ष कोरोना भाइरस न्यूनीकरण तथा नियन्त्रणका लागि सीमानाका बन्द छन् । नाका बन्द हुँदा भारतीय बजारबाट बीउ खरिद गर्न नपाउँदा यहाँका सहकारीलाई बीउ आपूर्तिमा समस्या भएको छ ।
यतिखेर किसानका माग बढेर पूर्ति गर्न नसकेको बीउ उत्पादक सङ्घ तथा बीजवृद्धि कृषि सहकारी मुनुवाका अध्यक्ष रामफल कठरियाले बताए । “धानको बीउको माग आफूहरुसँग भएको भन्दा तेब्बर बढी छ”, अध्यक्ष कठरियाले भने, “कसरी धान्नु ? हामीसँग दुई हजार क्विन्टल धानको बीउ मौज्दात थियो, सकियो । माग थेग्न कठिन छ ।”
कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा ११ सहकारीले बीउ उत्पादनको काम गर्छन् । उनीहरुसँग पाँच हजार क्विन्टल धानको बीउ छ । यही बीउ बजार र किसानलाई पूर्ति गर्ने गरेका छन् । यस वर्ष किसानका माग धेरै आएकाले धानको बीउ खोज्दै आउने किसानलाई फर्काउनुपरेको सहकारी सञ्चालकको भनाइ छ ।
स्थानीय क्षेत्रसँगै बाह्य क्षेत्रबाट बीउको माग धेरै आएको नमूना बहुउद्देश्यीय सहकारीका अध्यक्ष जीतबहादुर चौधरीले बताए । “किसानको माग अन्य धानभन्दा सर्जु ५२ जातको छ”, अध्यक्ष चौधरी भने, “विगतका वर्षभन्दा यस वर्ष मागबमोजिम किसानलाई दिन सकिएको छैन । बीउ नपाएपछि धेरै किसानले गल्ला मण्डीसँग खरिद गरेको धानलाई समेत बीउका रूपमा प्रयोग गर्न थालेका छन् ।”
टीकापुर र जानकीमा करिब साढे तीन सय हेक्टरमा धानबालीको बीउ उत्पादन हुने गरेको छ । रानी जमरा कुलरिया सिँचाइ आयोजनाको अनुदान सहयोगसँगै बीउ उत्पादक कम्पनी तथा सहकारीले आफ्नो लगानीमा बीउ उत्पादन गरिरहेका छन् । बीउमा माग बढ्दै जाँदा खेती विस्तार गर्नुपर्ने आवश्यक भएको बीज वृद्धि कृषि सहकारीका अध्यक्ष कठरिया बताउँछन् । “किसानले बीउ पाउन कठिन भएको छ”, कठरिया भन्छन्, “किसानको माग हेर्दा अब कृषि सहकारीले बीउ उत्पादनमा बढी जोड दिनुपर्ने देखिएको छ ।” उन्नत तथा गुणस्तरीय बीउको प्रयोगले उत्पादनमा वृद्धि हुने भएकाले धेरै किसानले नयाँ उन्मोचित धानको बीउ प्रयोग गर्ने गर्दछन् । रासस
News Desk 0 response बुधबार, जेष्ठ १४, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३
-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३



