

-
तम्घास । गुल्मीका किसानले रोपेको मकैमा फौजी र गंँवारो कीराको प्रकोपले क्षति पुुर्याएको छ । खन्ने समयमा बोटमा विभिन्न रोग र देखिनाका साथै बोटका फेदमा गबारो कीराको प्रकोप देखिएको छ ।
मकैको गुबोमा फौजी कीराले आक्रमण गरेर नोक्सान पुुर्याएको किसानले बताएका छन् । गुल्मीको धुर्कोट गाउँपालिका ५ वस्तु गान्टारीका ७० वर्षीय डिलाराम भण्डारी १० रोपनी खेतमा लगाएको मकै विभिन्न कीरा र रोगले क्षति पुर्याएपछि चिन्तित देखिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट अन्नपूर्ण बीउ उत्पादन समूहमार्फत ५० प्रतिशत अनुुदानमा ‘देउती सेतो’ जातको मकै लगाएका उनी अहिले मकैबालीमा कीराको प्रकोपले नष्ट बनाएपछि निराश भएका छन् ।
धुर्कोटका अर्का किसान ५८ वर्षीय मणिराम भण्डारीले पाँच रोपनी खेतमा मकै छरेका छन् । कुनै रोगकीरा नलागेको भए यस वर्ष १५ मुरी अर्थात् १२ क्विन्टलभन्दा बढी मकै उत्पादन हुन्थ्यो । अहिलेको अवस्था कायम रहे त्यसको २५ प्रतिशत अर्थात् झण्डै चार मुरी मात्र उत्पादन हुनेछ । “कुनै विषादी नपाए ७५ प्रतिशत नोक्सानी बेहोर्ने अवस्था आइपरेको छ”, उनले भने, “गाउँपालिकाले वडावडामा प्राविधिक खटाएर समस्या समाधान गरिदिए राम्रो हुने थियो ।”
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट धुर्कोट ५ वस्तुस्थित अन्नपूर्ण बीउ उत्पादन सहकारीमार्फत गान्टारीमा सात क्विन्टल मकैको बीउ लगाइएको छ । कुल एक हजार रोपनीभन्दा बढी जग्गामा फरकफरक जातको बीउ लगाइएको छ । मकैको बोटमा शुरुमै उपचार गर्ने व्यवस्था भएको भए यस वर्ष दुई हजार चार सय क्विन्टल मकै उत्पादन हुने अनुमान गरिएको सहकारीका अध्यक्ष लालमणि शर्माले बताए । अहिले त्यो उत्पादन धेरै घट्ने अनुमान गरिएको छ ।
जिल्लाका धुर्कोट, अर्खले, सिमीचौर, इस्मा, मालिकालगायत क्षेत्रमा सो रोगले बढी सताएको छ । बन्दाबन्दी भएकाले किसानलाई झन् समस्या परेको छ । “लकडाउनले बिषादी लिन जान पाइएको छैन”, कृषक कृष्णप्रसाद भण्डारीले भने, “न हिँड्न दिन्छन्, न प्राविधिक आउँछन् ।” प्राविधिकलाई सम्पर्क गरे पनि लकडाउनको बहाना बनाएर आउन नमानेको उनले बताए । “मकैका साथसाथै काँक्रालगायत फलफूलमा पनि डढेलाको समस्या देखिएको छ”, उनले भने, “लकडाउनमा हिँड्न पनि पाइएन, विषादी पनि पाइएन ।”
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत समिर मगरले गंँबारो र अमेरिकी फौजी कीराले अधिकांश ठाउँमा असर गरेको बताए । सोमध्ये कुनै ठाउँमा एक मात्र र कुनै ठाउँमा दुवै रोग देखिएको उनको भनाइ छ । रासस
News Desk 0 response मङ्लबार, जेष्ठ १३, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३
-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३



