

-
तनहुँ । व्यास नगरपालिका–१ गल्बुबेँसी निवासी ५४ वर्षीय रामनाथ मिश्र व्यावसायिकरुपमा मौरीपालन गरेर विदेश जाने युवापुस्ताका लागि प्रेरणाको स्रोत बनेका छन् । गाउँघरमै बसेर पशुपालन, तरकारी खेती, माछापालन, मौरीपालनलगायत कार्य गरेर घर परिवारका साथमा बसेर राम्रै पैसा कमाउन सकिने उनी बताउँछन् । शुरुमा वनबाट खोजेर ल्याएका दुई तीन मुढे घारबाट शुरु गरेका मिश्र अहिले व्यावसायिकरुपमै लागेका छन् ।
उनले विसं २०७४÷७५ मा श्रीकृष्ण मौरी फार्म दर्ता गरी आधुनिक मौरी घार राखेर व्यावसायिकरुपमा मौरीपालन कार्य थालेका थिए । कृषक मिश्रले सेराना जातका करिब ६० मौरीका घार राखेर वार्षिक न्यूनतम पाँच÷छ लाख सजिलै कमाउन सकिने बताए । विसं २०७१ देखि मौरी व्यवसायमा लागेका उनले भने, “यो पाँच वर्षको अवधिमा तीन वर्ष लगानी र व्यवस्थापन गर्दैमा मुनाफा लिन नसके पनि दुई वर्षको अवधिमा राम्रै आम्दानी गर्न सफल भएको छु ।”
उनले भने, “शुरुमा १७ वटासम्म मौरी घार राख्दा पनि मौरी बसेनन्, तर पनि कत्ति पनि बिचल्ली भइँन, निरन्तर लागिरहेँ ।” एक रोपनी क्षेत्रफल जग्गामा तारबार गरी करिब ६ लाख खर्च गरेर व्यवस्थितरुपमा मौरीपालन गरिएको छ । मौरी पाल्नुभन्दा अघि ट्र्याक्टर, बस र इँटा उद्योगसमेत सञ्चालन गर्दै आए पनि अहिले ती सबै पेशा व्यवसाय छाडेर मौरीपालनमा रमाउन थालेको कृषक मिश्रले बताए ।
मह प्रतिकिलो एक हजार २०० मा बिक्री गर्ने गरेको उनले बताए । मह बिक्रीका लागि बोकेर अन्यत्र लैजानु नपर्ने बताउँदै उनले भने, “घरमै मह लिन मानिस आउने गर्छन्, मागअनुरुप पुर्याउनसमेत सकिएको छैन ।” घारसहितको मौरी प्रतिघार ८ हजारमा बिक्री गर्ने गरेको र कसैले घार ल्याए मौरीको मात्रै लगे पाँच हजारमा बिक्री गर्ने गरेको उनले बताए ।
स्थानीय तथा प्रदेश सरकारले तालीम तथा औजार प्रदान गरेमा मौरीबाट विष तथा कुट उत्पादन गर्ने अन्तिम लक्ष्य रहेको उनको भनाइ छ । मौरीबाट विष उत्पादन गर्न सके प्रतिकिलो ३० लाखसम्म बिक्री गर्न सकिने उनले जानकारी दिए । रासस
News Desk 0 response मङ्लबार, जेष्ठ १३, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३
-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३



