

-
तनहुँ । व्यास नगरपालिका–१ गल्बुबेँसी निवासी ५४ वर्षीय रामनाथ मिश्र व्यावसायिकरुपमा मौरीपालन गरेर विदेश जाने युवापुस्ताका लागि प्रेरणाको स्रोत बनेका छन् । गाउँघरमै बसेर पशुपालन, तरकारी खेती, माछापालन, मौरीपालनलगायत कार्य गरेर घर परिवारका साथमा बसेर राम्रै पैसा कमाउन सकिने उनी बताउँछन् । शुरुमा वनबाट खोजेर ल्याएका दुई तीन मुढे घारबाट शुरु गरेका मिश्र अहिले व्यावसायिकरुपमै लागेका छन् ।
उनले विसं २०७४÷७५ मा श्रीकृष्ण मौरी फार्म दर्ता गरी आधुनिक मौरी घार राखेर व्यावसायिकरुपमा मौरीपालन कार्य थालेका थिए । कृषक मिश्रले सेराना जातका करिब ६० मौरीका घार राखेर वार्षिक न्यूनतम पाँच÷छ लाख सजिलै कमाउन सकिने बताए । विसं २०७१ देखि मौरी व्यवसायमा लागेका उनले भने, “यो पाँच वर्षको अवधिमा तीन वर्ष लगानी र व्यवस्थापन गर्दैमा मुनाफा लिन नसके पनि दुई वर्षको अवधिमा राम्रै आम्दानी गर्न सफल भएको छु ।”
उनले भने, “शुरुमा १७ वटासम्म मौरी घार राख्दा पनि मौरी बसेनन्, तर पनि कत्ति पनि बिचल्ली भइँन, निरन्तर लागिरहेँ ।” एक रोपनी क्षेत्रफल जग्गामा तारबार गरी करिब ६ लाख खर्च गरेर व्यवस्थितरुपमा मौरीपालन गरिएको छ । मौरी पाल्नुभन्दा अघि ट्र्याक्टर, बस र इँटा उद्योगसमेत सञ्चालन गर्दै आए पनि अहिले ती सबै पेशा व्यवसाय छाडेर मौरीपालनमा रमाउन थालेको कृषक मिश्रले बताए ।
मह प्रतिकिलो एक हजार २०० मा बिक्री गर्ने गरेको उनले बताए । मह बिक्रीका लागि बोकेर अन्यत्र लैजानु नपर्ने बताउँदै उनले भने, “घरमै मह लिन मानिस आउने गर्छन्, मागअनुरुप पुर्याउनसमेत सकिएको छैन ।” घारसहितको मौरी प्रतिघार ८ हजारमा बिक्री गर्ने गरेको र कसैले घार ल्याए मौरीको मात्रै लगे पाँच हजारमा बिक्री गर्ने गरेको उनले बताए ।
स्थानीय तथा प्रदेश सरकारले तालीम तथा औजार प्रदान गरेमा मौरीबाट विष तथा कुट उत्पादन गर्ने अन्तिम लक्ष्य रहेको उनको भनाइ छ । मौरीबाट विष उत्पादन गर्न सके प्रतिकिलो ३० लाखसम्म बिक्री गर्न सकिने उनले जानकारी दिए । रासस
News Desk 0 response मङ्लबार, जेष्ठ १३, २०७७

सम्बन्धित शीर्षकहरु
अब नेपालमा १ सय भन्दा ठूला भारतीय रुपैयाँको नोट चल्ने, २५ हजार रुपैयाँसम्म साटिने
बिहिबार, मंसिर १९, २०८२-
एमालेले विधान संशोधन नगर्ने, पदाधिकारी र केन्द्रीय..
शुक्रबार, मंसिर २७, २०८२ -
भदौ २४ को उपद्रवमा संलग्न आरोपमा पक्राउ..
शुक्रबार, मंसिर २७, २०८२ -
अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले..
शुक्रबार, मंसिर २७, २०८२ -
चीनले नयाँ इन्टरनेट उपग्रह समूह सफलतापूर्वक अन्तरिक्षमा..
शुक्रबार, मंसिर २७, २०८२ -
एमाले सचिवालय बैठक बस्दै, सचिवालय बैठक पेचिलो..
शुक्रबार, मंसिर २७, २०८२
-
एमालेले विधान संशोधन नगर्ने, पदाधिकारी र केन्द्रीय..
शुक्रबार, मंसिर २७, २०८२ -
भदौ २४ को उपद्रवमा संलग्न आरोपमा पक्राउ..
शुक्रबार, मंसिर २७, २०८२ -
अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले..
शुक्रबार, मंसिर २७, २०८२ -
चीनले नयाँ इन्टरनेट उपग्रह समूह सफलतापूर्वक अन्तरिक्षमा..
शुक्रबार, मंसिर २७, २०८२ -
एमाले सचिवालय बैठक बस्दै, सचिवालय बैठक पेचिलो..
शुक्रबार, मंसिर २७, २०८२
-
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर..
मङ्लबार, मंसिर २४, २०८२ -
अब नेपालमा १ सय भन्दा ठूला भारतीय..
बिहिबार, मंसिर १९, २०८२ -
घोषित मितिमा चुनाव गराई युवाशक्तिको हातमा सत्ता..
बिहिबार, मंसिर १९, २०८२



