

-
नवलपरासी । नवलपरासी (पश्चिम सुस्ता पश्चिम) जिल्लामा उत्पादित केराले बजार नपाएपछि किसान चिन्तित भएका छन् । लकडाउनका कारण काठमाडौँ पोखरा र पहाडी क्षेत्रलगायत ठूलाठूला बजारसम्म बजारीकरणका लागि केरा पुर्याउन निकै समस्या भएको छ ।
नवलपरासी (बर्दघाट – सुस्ता पश्चिम) जिल्लाको दक्षिणी भेग विशेष गरी केरा खेतीका लागि उपयुक्त मानिन्छ । लकडाउनमा नेपाल सरकारले कृषि उपजलाई सहजै बजारीकरणका व्यवस्था भएको जनाए पनि बजारीकरणमा समस्या देखिएको केरा उत्पादक सङ्घका जिल्ला अध्यक्ष लख्खु यादव बताउँछन् ।
स्थानीय बजारमा सामान्य मात्रामा केरा बिक्री हुँदै आए पनि ठूला शहर बजारसम्म केरा पुग्न नसकेको प्रतापपुर –५ कठहवामा २० बिघा क्षेत्रफलमा केरा खेती गर्दै आएका किसान मोतीलाल कोइरीको भनाइ छ ।
ऋण लिएर खेती गर्दै आएका किसानलाई केरा बिक्री नहुँदा झन् ठूलो समस्या हुँदै आएको प्रतापपुर –६ का किसान इन्द्राज पासीको भनाइ छ । खेतमा तयार भएको केराले बजार पाएको छैन । भारतीय बजारबाट सहजै रुपमा केरा भित्रिने गरे तर नेपाली उत्पादनले बजारीकरण गर्न नपाउँदा समस्या भएको प्रतापपुर –५ कठहवामा किसान चन्द्रिका कोहार बताउँछन् ।
कृषि ज्ञान केन्द्र, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) कार्यालयका अनुसार जिल्लामा ३०० हेक्टर क्षेत्रफलमा वार्षिक चार हजार २०९ मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ । यहाँका किसानको आम्दानीको दरिलो स्रोत केरा खेती मानिएको छ । किसानले ५० देखि ६० रुपियाँ सम्ममा एक दर्जन काँचो केरा बेच्छन् । रासस
News Desk 0 response बिहिबार, जेष्ठ ८, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३
-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३



