

-
खाँदबारी । सङ्खुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्जले बहुमूल्य जडिबुटी यार्सागुम्बा सङ्कलनमा यस वर्ष रोक लगाइएको छ । कोरोना भाइरस सङ्क्रमण फैलन थालेको र यार्सा सङ्कलन गरिने ठाउँमा मानिसको भीड हुने भएकाले यस वर्ष यार्सागुम्बा सङ्कलनमा रोक लगाइएको मकालु बरुण राष्ट्रिय निकुञ्जका सूचना अधिकारी हिमाल पाठकले जानकारी दिए ।
मकालु बरुण राष्ट्रिय निकुञ्जले गत वर्ष जेठ १५ गतेदेखि असार १३ यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिएको थियो । भीडभाडमा यार्सा सङ्कलनमा हुने भएका कारण कोरोना सङ्क्रमणको जोखिम उच्च हुने देखिएपछि रोक लागाइएको सूचना अधिकारी पाठकले बताए । निकुञ्जको सूचनाविपरीत यार्सागुम्बा सङ्कलन गर्ने गराउनेलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ को २०३० बमोजिम कारवाही हुने बताइएको छ ।
यार्सागुम्बा मकालु गाउँपालिका, भोटखोला र सिलिचोङ गाउँपालिका क्षेत्रको मकालु बरुण निकुञ्जलगायत ठाउँमा पाइन्छ । उच्च हिमाली क्षेत्रका बासिन्दाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा मानिन्छ । सङ्कलन गरेको यार्सागुम्बा बिक्री गरेर स्थानीयवासीले वर्षभरिको आवश्यक घर खर्च, बालबच्चा पढाउने खर्च जुटाउने गरेको स्थानीयवासीको भनाइ छ ।
मकालु बरुण राष्ट्रिय निकुञ्ज कार्यालयले सोलुखुम्बु जिल्लाका महाकुलुङ र छेस्काम मध्यवर्ती उपभोक्ता समिति, सङ्खुवासभाको किमाथाङ्का मध्यवर्ती उपभोक्ता समिति, चेपुवा मध्यवर्ती उपभोक्ता समिति, अरुण बरुण मध्यवर्ती उपभोक्ता समिति, मकालु मध्यवर्ती उपभोक्ता समिति, पाथीभरा मध्यवर्ती उपभोक्ता समिति, सेदुवा मध्यवर्ती उपभोक्ता समिति, पुखुवा मध्यवर्ती उपभोक्ता समिति, सिलिचोङ मध्यवर्ती उपभोक्ता समिति, मांतेवा मध्यवर्ती उपभोक्ता समिति, ताम्कु मध्यवर्ती उपभोक्ता समिति, बाला मध्यवर्ती उपभोक्ता समिति र सिसुवा मध्यवर्ती उपभोक्ता समितिले पुर्जी दिने व्यवस्था गरिएको थियो ।
निकुञ्ज कार्यालयले यार्यागुम्बा प्रतिकिलो २५ हजारका दरले राजश्व लिने गरेको सूचना अधिकारी पाठकले जानकारी दिए । जिल्लामा कति यार्सागुम्बा सङ्कलन हुन्छ भने यकिन तथ्याङ्क नभएको उनले बताए । गुणस्तरका आधारमा एक नम्बरको यार्सागुम्बालाई केजीको ४० लाख सम्ममा बिक्री हुने गरेको भए पनि सङ्खुवासभामा यार्सागुम्बा प्रतिकेजी साढे पाँच लाखदेखि साढे सात लाखसम्ममा किनबेच हुने गरेको व्यापारीको भनाइ छ । यसरी सङ्कलन गरिएको यार्सा चीनको तिब्बती तथा काठमाडौँ र तिब्बततर्फ बढी निकासी हुने गरेको छ । रासस
News Desk 0 response बुधबार, जेष्ठ ७, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३
-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३



