

-
पोखरा । कोरोनाको मारसँगै जारी बन्दाबन्दीले जनमानस आक्रान्त बनिरहेको अवस्थामा पोखरा–१४ स्थित छिनेडाँडाका कृषकलाई गोलभेँडा लगाइएको टनेल हावाले उडाएपछि मार थपिएको छ । राधिका एकीकृत कृषक समूहमा आबद्ध कृषकले एक रोपनी क्षेत्रफलमा लगाएको गोलभेँडा भर्खरै फल्न लागेको अवस्थामा शुक्रबार दिउँसो आएको हावाहुरीसहितको पानीले क्षति पुर्याएको हो ।
पानीसहित आएको हावाहुरीले हाइटेक (हरितगृह) टनेलको छानाको झण्डै ५० प्रतिशत प्लास्टिक उडाएको समूहका अध्यक्ष मोहनबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (एकाइ) सुपरजोनको ८५ प्रतिशत अनुदान र समूहको १५ प्रतिशत सहभागितामा कूल १६ लाखको लागतमा तीन वर्षअघि सो टनेल निर्माण गरिएको हो ।
टनेलको छाना उडाएसँगै ७३० बोटमा रहेका सिर्जना जातका गोलभेँडा घाम, पानी र रोगको प्रकोपबाट जोगाउन मुस्किल भएको उनले बताए । “यस यामका गोलभेँडा बिक्री गरेर न्यूनतम १० लाख आम्दानी गर्ने हाम्रो लक्ष्य थियो”, उनले भने, “तत्कालै प्लास्टिकको छाना नराख्ने हो भने समूहले ठूलै नोक्सानी व्यहोर्नुपर्ने देखिएको छ ।”
पोखरा महानगरपालिका–२ भलामस्थित हमाल एग्रिकल्चर एण्ड भेजिटेबल नर्सरीबाट खरिद गरी चैतको अन्तिम साता रोपेका बिरुवा राम्रोसँग हुर्केसँगै फल दिन शुरु गरेको अवस्थामा छाना उडाएपछि दैनिकजस्तै पर्ने पानीले बिगार्नुका साथै विभिन्न रोगको प्रकोप बढ्न सक्ने समूहका सचिव ललितबहादुर बानियाँले दुखेसो सुनाए ।
तापानुकूलित हाइटेकका लागि कोरियामा निर्मित युभि प्लास्टिक आवश्यक हुने बताउँदै उनले भने, “बन्दाबन्दीका कारण आवश्यक सामान मगाउनसमेत असहज भएको छ । जेठ २ गते अचानक पौने पाँच बजेको समयमा आएको पानीसहितको हावाहुरीका कारण टनेलको छाना उडाउँदा ५० हजार बराबरको क्षति भएको छ भने उत्पादन दिने समयको गोलभेँडालाई कसरी बचाउन सकिन्छ भन्ने सोचाइमा छौँ ।”
अघिल्लो वर्ष पनि हावाहुरीले सोही टनेलको छाना उडाउँदा भर्खर उत्पादन शुरु भएको भक्तपुरे लोक अग्र्यानिक काँक्रो खेती नोक्सान भएको बताउँदै उनले भने, “बारम्बार आउने हावाहुरीबाट भएको नोक्सानीका कारण व्यावसायिक कृषि पेशाबाटै विस्थापित भइन्छ कि भन्ने चिन्ताले सताएको छ ।” बाँझिएको १६ रोपनी जग्गा भाडामा लिएर शुरु गरिएको बेमौसमी तरकारी खेतीसहितको भैँसीपालन व्यवसायमा हालसम्म समूहको एक करोड ५० लाख लगानी भइसकेको सञ्चालक समितिका सदस्य हरिबहादुर कार्कीेले जानकारी दिए ।
भैँसीको मललाई विभिन्न जैविक घाँसहरु राखेर १५ दिनसम्म छोपेपछि बनेको प्राङ्गारिक मल तरकारी बारीमा राख्दा टनेलभित्र लगाएको तरकारीले राम्रो उत्पादन दिनुका साथै उपभोक्ताको स्वास्थ्यको समेत ख्याल गरी जैविक उत्पादनमा जोड दिँदै आएको उनको भनाइ छ ।
पोखरा र आसपासमा बारम्बार आउने हावाहुरी, असिनासहितको पानीले मौसमी तथा बेमौसमी तरकारी खेती, फलफूललगायतमा कृषकले प्रत्येक वर्ष करोडौँको क्षति भोग्नुपरेको यस क्षेत्रका कृषकको सामूहिक दुखेसो छ । रासस
News Desk 0 response आइतवार, जेष्ठ ४, २०७७

सम्बन्धित शीर्षकहरु
साढे ९ खर्ब रुपैयाँभन्दा धेरैको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर संलग्न : एफबीआई
आइतवार, कार्तिक १६, २०८३-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


