

-
रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं १ स्थित सिसैंमा किसानले उत्पादन गरेको करीब तीन लाख बराबरको तरकारी हिजो सडकमा फालेका छन् ।
सैनामैना नगरपालिका र शुद्धोधन गाउँपालिकाको सीमा क्षेत्र कुश्मामा नगरपालिकाले आवतजावत गर्न रोक लगाएपछि आक्रोशित किसानले करीब २० क्वीन्टल विभिन्न तरकारी लुम्बिनी सडकमा फालेको स्थानीयवासी गणेश पासीले जानकारी दिए ।
सो गाउँपालिका वडा नं १ स्थित बेलवा तरकारी उत्पादनको पकेट क्षेत्र मानिन्छ । किसानले बेलवाबाट बेच्नका लागि बुटवल लैजाँदै गरेको तरकारी बाटामा फालेको पासीले बताए ।
किसानले आफूले उत्पादन गरेको बोडी, घिरौँला, तीते करेला, भन्टा, काँक्रालगायत तरकारी सडकमा फालेका थिए । रुपन्देहीको गैडहवा गाउँपालिकालगायत ठाउँमा पनि कोरोना सङ्क्रमित फेला परेपछि सैनामैना र शुद्धोधनको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउने सहमतिअनुसार आवतजावत गर्न दिइएको थिएन ।
सैनामैना ४ का वडाध्यक्ष धनबहादुर कार्कीले वडास्तरीय दलीय सहमतिमा आवतजावतमा रोक लगाएको उल्लेख गर्दै शुद्धोधन १ का वडाध्यक्षसँग पनि सहमति भएको बताए । स्थानीय प्रहरी, वडास्तरका राजनीतिक दल, वडाध्यक्षलगायतका स्थानीयवासीको सहमतिमा आवतजावतमा रोक लगाएको बताइएको छ ।
गैडहवा गाउँपालिकामा आवतजावतमा रोक लगाएपछि बेलवाका किसानलाई स्थानीय सूर्यपुरा हुँदै भैरहवा जाने बाटामा पनि अवरोध भएको छ ।स्थानीयवासी दुर्गानिधि पन्तले भने, ‘किसानले उत्पादन गरेको तरकारी बारीमा नै कुहिने अवस्था आएको छ’ ।
विभिन्न गाउँपालिका र नगरपालिकासहित रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमित सङ्ख्या २८ पुगेका छन् । शुद्धोधन कृषि तथा सहकारीमन्त्री घनश्याम भुसालको निर्वाचन क्षेत्र पनि हो । रासस
News Desk 0 response शनिबार, जेष्ठ ३, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



