

-
काठमाडौँ । लकडाउनको सदुपयोग गर्दै विभिन्न स्थानका सडक किनारामा ट्राफिक आइल्याण्ड निर्माण गरिरहेको काठमाडौँ महानगरपालिकालाई इँटा अभाव भएको छ ।
यस अवधिमा कामपाले हालसम्म सुन्धारामा चार वटा ट्राफिक आइल्याण्ड निर्माण गरिसकेको छ । अब निर्माण गर्न लागिएको अन्य स्थानका लागि भने निर्माण सामग्री अभाव भएको जनाएको छ । लकडाउनको शुरुआती समयदेखि नै सडक सौन्दयकरणमा जुटेको कामपालाई अहिले निर्माण समग्री अभावमा काम रोक्नुपर्ने बाध्यता रहेको छ ।
निर्माणका लागि आवश्यक पर्ने अन्य सामग्री पाइए पनि कोराना भाइरसको जोखिमका कारण इँटा उद्योग बन्द हुँदा त्यसको अभाव भएको कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । “सडकमा सवारी साधन आवतजावत कम भएकाले काम गर्न सहज भएको थियो । निर्माण सामग्री अभावका कारण अब काम नै रोक्नुपर्ने अवस्था आएको छ”, उनले बताए ।
निर्माण सामग्री प्राप्त भए तत्काल त्रिपुरेश्वर, दरबारमार्ग, अनामनगर र वीर अस्पताल अगाडि निर्माणको तयारीमा कामपा रहेको छ । यससँगै कामपाले वन तथा वातावरण मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा वृक्षरोपण गर्ने तयारी रहेको पनि जानकारी गराएको छ ।
यससँगै सडकको दायाँबायाँ किनारामा रोपिएका बोटबिरुवाको हाँगा काँटछाँट गर्ने र झार उखेलेर सडकलाई चिटिक्क बनाउने अभियान पनि झण्डै ४० नगर प्रहरी जुटेका छन् । शहर सौन्दर्य पार्नका लागि कामपाले यसअघि शहरलाई नै कुरुप बनाउने गरी जथाभावीरूपमा राखिएका १३ हजारभन्दा बढी साना बोर्ड ४४ वटा ठूला होर्डिङबोर्ड पनि हटाइसकेको छ ।
News Desk 0 response बिहिबार, जेष्ठ १, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३



