

-
काठमाडौँ । लकडाउनका कारण ५०औँ दिनमा मङ्गलबार खुलेको शेयर बजार पुनः बन्द गर्न नेपाल धितोपत्र बोर्ड (सेवोन) ले नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ ।
बोर्डको निर्णयका आधारमा नेप्सेले मङ्गलबार र बुधबार शेयर कारोवार गरेको थियो । दुई कारोवार दिनमा समेत बजार पूरा समय टिक्नै सकेन । दुई प्रतिशतभन्दा बढीले बजार ओरालो लागे पनि नेप्सेले सर्किट ब्रेक लगाएर बजार बन्द गरेको थियो ।
मङ्गलबार बजार झण्डै डेढ घण्टा टिकेको थियो भने बुधबार कारोवार शुरु भएको ४० मिनेटमा नै सर्किट लागेर बन्द भएको थियो । बोर्डले दुई प्रतिशतका आधारमा बजार उकालो लागे पनि वा ओरालो लागे पनि सर्किट ब्रेक लगाउने व्यवस्था गरेको थियो ।
लकडाउन जारी रहे पनि बजार सञ्चालन गर्ने निर्णयअनुसार खुलेको बजार आज पुनः बोर्डको निर्देशनअनुसार नै बन्द गरिएको नेप्सेले जनाएको छ ।
कोरोना भाइरसको जोखिम काठमाडौँ उपत्यकामा परेको र सरकारले यही जेठ ५ गतेसम्म लकडाउन जारी राखेका कारण त्यसलाई कडाइका साथ लागू गर्नुपर्ने भएकाले बजार बन्द गरिएको नेप्सेले जनाएको छ ।
लकडाउनलाई पूर्णरुपमा पालन गर्न र मानिसको आवतजावत गर्न सवारी पासमा समेत कडाइ गरेको र यस्तो अवस्थामा लगानीकर्ताको धितोपत्रको पहुँचमा असहजता हुने देखिएकाले लगानीकर्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर लकडाउन अवधिभर कारोवार स्थगन गर्न बोर्डले निर्देशन दिएको छ ।
बोर्डको निर्देशनअनुसार आज बसेको नेपाल स्टक एक्सचेञ्ज सञ्चालक समितिको निर्णयअनुसार कारोवार स्थगन गरिएको हो ।
News Desk 0 response बिहिबार, जेष्ठ १, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३



