

-
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तराईका दुई जिल्लामा किसानबाट गहुँ खरीद गर्न शुरु गरेको छ । कम्पनीले छुट्याएको चारमध्ये दुई जिल्लामा खरीद प्रक्रिया शुरु भएको र अन्य दुईमा तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीका अनुसार यही वैशाख २३ गतेदेखि कैलाली र बर्दिया जिल्लामा किसानबाट गहुँ खरीद भइरहेको छ । उनका अनुसार विभिन्न कारणले बाँके र रुपन्देहीमा खरीद प्रक्रिया शुुरु हुन सकेको छैन । कोभिड–१९ का कारण नेपालगञ्जमा खरीद प्रक्रियामा केही समस्या आएको छ भने केही दिनमा भैरहवामा प्रक्रिया शुरु गरिने उनले जानकारी दिए ।
कम्पनीले धनगढी र राजापुरमा दशदश हजार तथा नेपालगञ्ज र भैरहवामा पाँचपाँच हजार क्विन्टल गरी ३० हजार क्विन्टल गहुँ खरीद गर्न चार जिल्लामा कोटा छुट्याएको सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । उनका अनुसार धनगढीमा एक हजार ५५० र राजापुरमा ९६१ क्विन्टल गरी दुई हजार ५१० क्विन्टल गहुँ खरीद भइसकेको छ ।
यही वैशाख १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिफारिस गरेअनुसार गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १५ रहने गरी स्वीकृत गरेको थियो । मन्त्रालयले २ हजार ३१९ उत्पादन लागत, २३१ ढुवानी खर्च र किसानलाई ४६३ नाफासहित ३ तीन हजार १५ समर्थन मूल्य रहने गरी मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । सरकारले पहिलो पटक गहुँको समर्थन मूल्य तोकेको कम्पनीले जनाएको छ ।
सूचना अधिकारी न्यौपानेका अनुसार कम्पनीको नियमित कार्यक्रमअन्तर्गत गहुँ खरीदमा रु नौ करोड पाँच लाख विनियोजन गरिएको छ । उनका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा एक हजार २६५ टन र २०७५÷७६ मा ३८१ टन गहुँ किसानबाट खरीद गरिएको थियो । उक्त समयमा स्थानअनुसार औसत प्रतिक्विन्टल २ हजार ७०० सम्म परेको कम्पनीले जनाएको छ । कम्पनीले खरीद गरेको गहुँ उपभोक्ताको मागअनुसार दुर्गम जिल्लासँगै काठमाडौँमा समेत बिक्री गरिने छ ।
News Desk 0 response शनिबार, बैशाख २७, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३



