

-
विराटनगर । प्रदेश नं १ अन्तर्गत कोशी अस्पताल कोरोना उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ८ जना कोरोना सङ्क्रमित निको भइ घर फर्केका छन् ।
दुईपटक पिसीआर परीक्षणबाट रिपोर्ट नेगेटिभ आएपछि एक महिला र एक भारतीय नागरिकसहित आठ जनालाई शुक्रबार डिस्र्चाज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सङ्गीता मिश्राले जानकारी दिइन् ।
केन्द्रमा उपचारमा रहेका ३१ मध्ये गत बुधबार छ र शुक्रबार ८ गरी १४ जना निको भइ घर फर्केका छन् । केन्द्रमा अहिले १७ सङ्क्रमितको उपचार भइरहेको केन्द्रका प्रमुख चिकित्सक डा दीपक सिग्देलले बताए । यसरी घर फर्कनेमा उदयपुर जिल्लाका २० वर्षीय आजाद आलम, सोही जिल्लाका १८ वर्षीय मोहम्मद इमरान अहमद, १८ वर्षीय परवेज आलम, ४१ वर्षीय मुख्तार मियाँ, ५५ वर्षीया रोशना खातुन, विराटनगर–१७ का ७२ वर्षीय आइनो मियाँ, सोही स्थानका ६० वर्षीय इजरायल मियाँ र भारतीय नागरिक २४ वर्षीय मोहम्मद आदिल रहेको अस्पतालले नाम सार्वजनिक गरेको छ । शुक्रबार घर फर्कनेमध्ये तीन जनाले रोजा (व्रत) बसेका छन् ।
निजहरु १३० दिने धर्म प्रचारका लागि नेपालका विभिन्न मस्जिदमा पुग्नुका साथै उदयपुरको त्रियुगा नगरपालिका–१९ स्थित भुल्केको मस्जिदमा सङ्क्रमित भएका थिए । उनीहरुलाई स्वाब परीक्षणबाट कोभिड–१९ सङ्क्रमित भएपछि यही वैशाख ८, ९ र १० गते उपचारका लागि केन्द्रमा ल्याइएको थियो । निको भइ घर फर्केकामध्ये सात जनालाई विराटनगर–१५ स्थित रानी मर्कज मस्जिदमा १४ दिन क्वारेन्टाइन राखिएपछि स्वाब परीक्षण गरिने अस्पतालका मेसु डा मिश्राले जानकारी दिए ।
यस्तै एक महिलालाई उदयपुरको होम क्वारेन्टाइनमा जनप्रतिनिधि र चिकित्सकको निगरानीमा राख्ने व्यवस्था गरिएको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेले पूर्व सङ्क्रमितलाई बिदाइ गर्दै सरकारको अबको रणनीति भनेको तीन ‘टी’ अन्तर्गत ट्र्याकिङ, टेष्टिङ र ट्रिटमेन्ट रहेको जानकारी दिए । उनले मन्त्रालयअन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख डा सुरेश मेहताको संयोजकत्वमा एक कमिटी गठन गरी प्रदेशका सबै स्थानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा होम क्वारेन्टाइन व्यवस्था गरी अनुगमनको व्यवस्था मिलाइएको जानकारी दिए ।
अस्पतालका मेसु डा मिश्राका अनुसार अस्पतालमा उपचारमा रहेका सङ्क्रमित सबैको अवस्था सामान्य रहेको र उनीहरुले अगाडिदेखि प्रयोग गरिरहेको उच्च रक्तचाप, मधुमेह बिरामीलाई औषधि निरन्तरता दिनुका साथै साधारण औषधि प्रयोग गरिएको छ । केन्द्रका उपचारार्थ रहेका १७ जनाको आगामी हप्ता स्वाब परीक्षण गर्ने जनाइएको छ । रासस
News Desk 0 response शनिबार, बैशाख २७, २०७७

सम्बन्धित शीर्षकहरु
-
आयकरको सीमा बढाउँदा सरकारी कर्मचारीहरुलाई हाइसन्चो
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३
-
आयकरको सीमा बढाउँदा सरकारी कर्मचारीहरुलाई हाइसन्चो
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३
-
दलको झोला बोकेर सरकारी सेवा ?
शुक्रबार, जेष्ठ ८, २०८३ -
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू
बिहिबार, जेष्ठ ७, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३



