

-
महोत्तरी । कोरोना सन्त्रासबीच वन सुरक्षा गस्तीको सक्रियताले महोत्तरीका वनक्षेत्रबाट चोरी कटान गरिएका काठ धमाधम बरामद भएका छन् । पछिल्लो पटक आइतबार संयुक्त वन सुरक्षा गस्तीले जिल्लाको सागरनाथ वन विकास परियोजनाको क्षेत्रबाट चोरी कटान गरिएका १०० घनफिट सालका ४० वटा गोलिया गौशाला नगरपालिका–१२ बाट बरामद गरेको हो । योसहित लकडाउन अवधिमा सुरक्षा गस्तीले बरामद गरेको चोरी कटानका काठको परिमाण ३०० घनफिट पुगेको छ ।
पछिल्लो पटक आइतबार बाँके सवडिभिजन वन कार्यालय लक्ष्मीनियाँ, सागरनाथ वन विकास परियोजनाको स्टिल टावर रेन्ज युनिट, बाँके साझेदारी वन उपभोक्ता समितिका प्रतिनिधि, कान्तिबजार प्रहरी चौकी र सशस्त्र प्रहरी सुरक्षा वेस जमुनियाँको संयुक्त गस्तीले लुकाएर राखिएको काठ बरामद गरेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिए । चोरी कटान गरिएका काठ गौशाला–१२ लक्ष्मीनियाँको रानाटोलको उखुबारी, बगैँचा र झाडीमा फेला पारिएको कार्यालयले जनाएको छ ।
लकडाउन अवधिमा यसअघि सुरक्षा गस्तीले बर्दिवास–११ खयरमारा र बर्दिवास–३ पाटुबाट समेत २०० घनफिट सालको काठ बरामद गरेको थियो । यसै अवधिमा वनमा रुख कटान गरिरहेकै बेला एका र चोरी कटान गरिएका काठ अटोरिक्सा र मोटरसाइकलमा ओसार्दै गरेका एकसहित दुईजना पक्राउ गरिएका छन् ।
सुरक्षा गस्तीले यसै अवधिमा जोखिममा परेका तीन नीलगाई, एक÷एक हरिण र चित्तल गरी पाँच वन्यजन्तुको उद्धार गर्नुका साथै ३०० हेक्टर क्षेत्रफलमा लागेको डढेलोसमेत नियन्त्रण गरेको डिभिजन प्रमुख साहको भनाइ छ । लकडाउन अवधिमा वन सम्पदाको चोरी निकासी र वन्यजन्तुको चोरी शिकार बढेको गुनासो बाक्लिएसँगै विशेष तालीमप्राप्त तीनवटा टोली वनमा परिचालित गरिएको कार्यालयले जनाएको छ ।
News Desk 0 response सोमवार, बैशाख २२, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३



