

-
राजापुर । बर्दिया जिल्लामा बन्दाबन्दीका कारण रोकिएका आयोजनाका काम सञ्चालनमा आएका छन् । सरकारले महत्वपूर्ण योजनामा काम सुरक्षित भएर सञ्चालन गर्न अनुमति दिएपछि कामले निरन्तरता पाएका हुन् ।
सरकारले आयोजना सञ्चालनका लागि बनाएको मापदण्डानुरुप व्यवस्था गर्ने गरी आवश्यकता र प्राथमिकताका आधारमा काम सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुमति दिएको छ । आवश्यक स्वास्थ्य सुरक्षा प्रबन्ध गरी काम सञ्चालन गर्न सकिने निर्णय गरिएअनुसार जिल्लामा सञ्चालनमा रहेका राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजना, कर्णाली नदी व्यवस्थापन आयोजना, रम्मापुर–गुलरिया–रझना सडक, भादापुल निर्माण, मधुवन र बारबर्दिया नगरपालिका जोड्ने सडकलगायत स्थानीय तहका ठूला साना योजना पुनःसञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।
बबई सिँचाइ आयोजनाले पुनः काम शुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट काम गर्ने अनुमति लिएर आयोजनाले काम शुरु गरेको हो । जिल्लामा ३८ ठेक्कामार्फत काम सञ्चालन हुँदै आए पनि अहिले १५ वटाले मात्रै अनुमति पाएका छन् ।
जिल्ला प्रशासन कार्यालय र पालिकाहरुले दिएको निर्देशनानुसार काम गर्ने मजदूरको स्वास्थ्य सुरक्षालाई ध्यान दिई निर्माण कम्पनीले बनाएको शिविरमै खाने, बस्ने र स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको निर्माण व्यवसायी रामबाबु सुवेदीले बताए । जिल्लामा बबई सिँचाइ आयोजनासहित ठूला, मझौला र साना गरी झण्डै दुई सय योजना सञ्चालनमा छन् ।
News Desk 0 response आइतवार, बैशाख २१, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३



