

-
पाल्पा । असिनापानीले पाल्पाका विभिन्न स्थानमा लगाइएका तरकारी बालीमा क्षति पुगेको छ । हावाहुरीसहितको असिनापानीले फल लाग्दै गरेका र फूल खेलेका तरकारी बालीमा क्षति पुगेको कृषक बताउँछन् ।
तरकारीको मुख्य क्षेत्र रहेको निस्दी गाउँपालिका २ सहलकोट क्षेत्रमा मात्रै करीब ३५ रोपनी क्षेत्रफलमा लगाइएको बेमौसमी तरकारी खेतीमा नोक्सान पुगेको छ । यहाँ लगाइएको काँक्रा, करेला, गोलभेँडा, सिमी र खुर्सानी जातका तरकारी असिनापानीले नष्ट पारेको छ ।
स्थानीयवासी यमबहादुर मश्राङ्गी आफूले आठ रोपनी जग्गामा लगाएको तरकारीमा असिनापानीबाट चार लाख बराबरको क्षति पुगेको बताउँछन् । सोही ठाउँकै राममाया लामिछानेले स्थायी टनेलमा लगाएको सिमी, गोलभेँडालगायत तरकारीमा क्षति पुगेको छ । टनेलको फलामे डण्डी नै भाँचिएपछि समस्या परेको उनी बताउँछन् । उनको टिप्ने बेला भएको चौमासे सिमी र गोलभेँडामा नोक्सानी पुगेको छ ।
प्रदेश सरकारको सहयोगमा निस्दीमा दश तरकारी टनेल निर्माण गरिएको छ । जलदेवी सामाजिक महिला उद्यमी सहकारीमार्फत प्रदेश नं ५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ८० प्रतिशत (प्रतिटनेल एक लाख ५० हजार) अनुदानमा सहयोगमा ती टनेलमा तरकारी खेती गरिएको छ ।
रामपुर नगरपालिकामा क्षेत्रमा लगाइएका तरकारी बालीमा पनि असिनापानीले क्षति पुर्याएको छ । असिनापानीका कारण फल लाग्न थालेका करीब दुई रोपनी क्षेत्रमा लगाइएका गोलभेँडा पूरै नष्ट भएको कृषक सूर्यप्रसाद रेग्मीले बताए ।
तीन दिनअघि आएको असिनापानीबाट फल्दै गरेका र फूल लाग्दै गरेका करीब आठ लाख बराबरको तरकारी बालीमा क्षति पुगेको गाउँपालिकाका कृषि शाखा प्रमुख खिमराज कोइरालाले जानकारी दिए । जिल्लाका अन्य स्थानीय तहमा पनि असिनापानीले तरकारी बालीमा बढी क्षति पुगेकाले कृषकले क्षतिपूर्ति माग गरेका छन् ।
News Desk 0 response सोमवार, बैशाख १५, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



