

-
दाङ । लकडाउनका कारण दाङका मौरीपालक कृषकलाई मह काढ्न समस्या भएको छ । लकडाउनले मौरी राखिएको स्थानसम्म पुग्न नसक्दा कृषकले मह काढ्न सकेका छैनन् ।
दाङ जिल्ला मौरीपालनका लागि उर्वर भूमि मानिन्छ । मह उत्पादन हुने समयमै कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न लकडाउन गरिएकाले मह काढ्न नसक्दा ठूलो घाटा व्यहोर्नुपरेको कृषकको गुनासो छ । गत चैत १५ गतेदेखि मह काढ्ने याम शुरु भए पनि सो अगावै लकडाउन भएका कारण मह काढ्न नपाएको नेपाल मौरीपालन महासंघका अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार यस याममा मौरी चरनका लागि यहाँका कृषकले कैलाली, लुम्बिनी, कपिलवस्तुलगायत जिल्लामा लगेका थिए । मौरीपालन फार्मका सञ्चालक माधव केसीले यस पटक मह काढ्न नपाउँदा १५ लाख बराबरको घाटा लागेको बताए । चार सय गोला मौरी पालन गरेका केसीले यस याममा तीन टन मह उत्पादन गर्थे । यस वर्ष एक किलो मह पनि उत्पादन नभएको उनले बताए । ‘‘मेरो मौरी कैलालीमा छ, म चैत २ गते यहाँ आएको हुँ, लकडाउनका कारण समयमा जनशक्ति र साधन नहुँदा मह काढ्न पाइन’’, उनले भने ।
यस वर्ष करीब ४० गोला मौरी थप गर्ने योजना रहे पनि गोला फुटेर मौरी सबै भागेको केसीको भनाइ छ । त्यस्तै ३०० घार मौरीपालन गरेका विनोद हमालले पनि लकडाउनका कारण मह काढ्न नपाएको गुनासो गरे । धेरैजसो किसानका मौरी अहिले चरनका लागि कैलालीलगायत जिल्लामा छन् ।
यससँगै माहुरीका लागि चरन सकिए पनि लकडाउनका कारण सम्बन्धित ठाउँमा पुग्न नसक्दा मौरी कसरी बचाउने भन्ने चिन्ता कृषकलाई छ । मौसमले साथ दिएको र कुनै रोग नलागेका कारण यस वर्ष मौरी र मह उत्पादन बढ्ने आशामा बसेका कृषकमा निराशा छाएको अर्का कृषक विष्णु केसीले बताए । उनले १५० गोला माहुरीपालन गरेकामा एक केजी महसमेत उत्पादन नभएको र गोला थप गर्न नसकिको गुनासो गरेका छन् ।कृषकले यहाँ १६ हजार गोला मौरी पालेका छन् । त्यसबाट यस याममा करीब १६० देखि २०० टनसम्म मह उत्पादन हुने अनुमान गरिएको थियो । मह उत्पादन घटेसँगै जिल्लाका कृषकको करीब पाँच करोड क्षति भएको अनुमान गरिएको छ । मह प्रतिकिलो २५० देखि ३०० सम्म बिक्री हुँदै आएको थियो । जिल्लाका अन्य क्षेत्रमा मौरी राखेका कृषकलाई जिल्ला प्रशासन कार्यालयले पासको व्यवस्था नगरेको महासंघले जनाएको छ ।
News Desk 0 response आइतवार, बैशाख १४, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



