

-
काठमाडौँ । कोरोनाको महामारीले नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार पर्यटन क्षेत्रलाई नराम्ररी असर पारेको छ ।
पर्यटन क्षेत्रमा वायुसेवा कम्पनीको व्यवसायका साथै सबैभन्दा बढी होटल उद्योग मारमा परेको व्यावसायिक संस्थाले जनाएका छन् । होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएसन अफ नेपाल (हान) ले कोभिड–१९ का कारण सन् २०२० मा होटल उद्योगमा ९० प्रतिशत आम्दानी घट्ने प्रक्षेपण गरेको छ ।
हानको अध्ययन अनुसार कोभिडको प्रभावले उद्योग नै धरासायी अवस्थामा पुग्ने अवस्था सिर्जना हुनसक्ने खतरा औँल्याउँदै तत्काल विशेष नीति अख्तियार गर्न सरकारसमक्ष अनुरोध गरेको छ । “कोभिड‐१९ को महामारी नियन्त्रणका लागि सरकारले चालेका कदमप्रति ऐक्यबद्धता व्यक्त गर्दै विषम स्थितिमा होटल उद्योगको संरक्षण गर्ने विशेष नीति तत्काल अख्तियार गर्न अनुरोध गर्दछौँ”, हानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
हानले उद्योग पूर्णरूपमा पुनःस्थापना नभएसम्म जनशक्ति व्यवस्थापन, बैंकको ऋण, घरभाडा व्यवस्थापन, विद्युत् महसुल, स्थानीय सरकारको सम्पत्ति करलगायतको उचित व्यवस्थापनलाई मध्यनजर गर्दै नीति निर्माण गर्न पनि अनुरोध गरेको छ ।
श्रम ऐन र नियमभन्दा ‘बाँच्ने र बचाउने’ मूल नारा लिएर विशेष नीति ल्याउन सरकारलाई अनुरोध गरिएको छ । सन् २०१९ को तुलनामा सन् २०२० मा होटल उद्योगबाट हुँदै आएको कूल आम्दानी १० प्रतिशतभन्दा कम हुने आँकलन गर्दै हानले होटल उद्योगले यो वर्ष खर्च धान्नै नसक्ने जनाएको छ ।
होटल उद्योगले अन्तर्राष्ट्रिय पहिचान र गरिमा अभिवृद्धिमा खेलेको केन्द्रीय भूमिका उदाहरणीय रहेको स्मरण गर्दै हानले अर्बौको लागानीमार्फत लाखौँको सङ्ख्यामा रोजगारी सिर्जना गरेको तथ्यलाई केन्द्रमा राखी यसले नेपाली अर्थतन्त्र तथा बहुआयामिक क्षेत्रमा निम्त्याउन सक्ने प्रभावको छिटो विश्लेषण गर्न आग्रह गरेको छ ।
News Desk 0 response शुक्रबार, बैशाख १२, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



