

-
बाँके । किसानले लगाएको वसन्ते मकैमा फौजी कीराको प्रकोप देखिएको छ । डुडुवा गाउँपालिका वडा नं ६ हिरमिनियाका किसानले लगाएको वसन्ते मकैमा लागेको फौजी कीराले १०० भन्दा बढी बिघाको मकै नष्ट पारेको छ ।
कोभिड–१९ को संक्रमणबाट जोगिन आह्वान गरिएको बन्दाबन्दीका कारण औषधि अभाव भएपछि मकै नष्ट भएको हो । किसान जयपाल मौर्यले पाक्ने बेलाको मकैले बजार नपाउने चिन्ताभन्दा पनि बोटमा लागेको अमेरिकी फौजी कीराले बाली नै सखाप पार्दा लागत नै नउठ्ने चिन्ताले सताएको बताए ।
हिरमिनियाकै श्यामलाल मौर्यले बन्दाबन्दीका कारण घोगा लाग्ने बेलाको मकैबालीमा प्रकोपको रुपमा फौजी कीरा फैलिएपछि जोगिने उपायबारे कृषिविज्ञलाई जानकारी गराउन नपाइएको गुनासो गरे । धान खेतमा पनि हिरमिनियालगायत बाँके बर्दियामा अमेरिकी फौजी कीराको प्रकोप फैलिएको थियो । सोही समस्या अहिले मकैमा देखिएको छ ।
बन्दाबन्दीकै कारण किसानले कृषिज्ञान केन्द्रसम्म पुगेर आफ्नो समस्या राख्न नसकेको र आवश्यक विषादी पनि नपाइएको किसानको गुनासो छ । “बन्दाबन्दीका कारण हाम्रो लगानी खेर जाने निश्चित छ, यसका लागि कृषिज्ञान केन्द्रले तत्कालै पहल गरिदिए हुन्थ्यो ”, किसान भन्छन् ।
कृषिज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालका अनुसार बाँकेमा दुई हजार ४५० हेक्टर र बर्दियामा तीन हजार ९०० हेक्टर जमीनमा वसन्ते मकै खेती गरिएकामा करीब ७० प्रतिशत खेतीमा कीराको प्रकोप देखिएको छ । बन्दाबन्दीका कारण किसानलाई सिफारिस गरिएको विषादी नपाइएको र वैकल्पिक विषादीले काम नगरेका कारण फौजी कीराको प्रकोप रोक्न कठिन भएको उनले बताए । रासस
News Desk 0 response शुक्रबार, बैशाख १२, २०७७

सम्बन्धित शीर्षकहरु
उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह विस्तार गर्ने मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा
बुधबार, फाल्गुन १३, २०८२-
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको..
आइतवार, फाल्गुन २४, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२
-
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको..
आइतवार, फाल्गुन २४, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२
-
इजरायल–इरान तनाव : खाडी मुलुकले बन्द गरे..
शनिबार, फाल्गुन १६, २०८२ -
इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको..
शनिबार, फाल्गुन १६, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२ -
इजरायलमाथि ‘ध्वंसात्मक’ जवाफी हमला गर्ने इरानको चेतावनी
शनिबार, फाल्गुन १६, २०८२ -
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२



