

-
प्युठान । लकडाउनका कारण प्युठानका मौरीपालन किसानलाई मह काढ्न समस्या भएको छ । मौरीले मह उत्पादन गर्ने तथा काढ्ने उपयुक्त समय भए पनि चरन क्षेत्रसम्म पुग्न नपाउँदा मह काढ्न समस्या भएको हो ।
मह काढ्न नपाउँदा मौरी घार फुटाएर भाग्न थालेको प्युठान नगरपालिका–७ टिकुरीका मौरीपालक कृषक मधुसूदन भण्डारीले बताए । यसअघि मौरी चरनका लागि कपिलवस्तु लैजाने गरिए पनि बन्दाबन्दीले चरनमा लैजान नसकिएको उनले बताए ।
उनका अनुसार टिकुरीका कृषकको मौरी कपिलवस्तु, लुम्बिनी, बाँकेलगायत जिल्लामा चरनका लागि लगिएको छ । आफू एकातिर मौरी अर्कातिर हुँदा मौरीको हेरचाह गर्न नपाएको प्युठान–७ का अर्का कृषक डिमराज पोख्रेलले बताए ।
मौरी हेरचाहका लागि पास लिएर गए पनि लकडाउनका कारण बस्ने होटल नपाउने समस्या भएकाले जान नसकेको उनको भनाइ छ । मौरी जिल्ला बाहिर हुने र कृषक प्युठानमा हुँदा मौरीका गोला चोरी हुने डर बढेको नेपाल मौरीपालन महासंघ प्यूठान शाखाका अध्यक्ष विष्णु सारू बताउँछन् ।
एक दिनको मात्र पास हुँदा मह काढ्न तथा गोला सार्न नपाइएको उनको गुनासो छ । सरकारले आवश्यकता हेरेर दुईचार दिनको पासको व्यवस्था गरेमा सहज हुने उनको भनाइ छ । यस समयमा जंगलमा फूल फुल्ने हुँदा मौरी घारबाट जंगलतिर भागेको उनले बताए । उनका अनुसार प्युठान जिल्लामा सेरेना र मेलीफेरा जातका मौरी पालन गरिँदै आएको छ । जिल्लामा वार्षिक ३०–३५ टन मह उत्पादन हुने गरेको अध्यक्ष सारुले जानकारी दिए ।
News Desk 0 response बिहिबार, बैशाख ११, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३
-
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



