

-
चितवन । लकडाउनको समयमा नारायणगढ–मुग्लिन सडकखण्डको जलबिरेको पुलको कामलाई निरन्तरता दिइएको छ । वर्षात्अघि ढलान र तारले बान्ने काम सम्पन्न नभए यसअघि बनाइएका संरचनामा समेत क्षति पुग्ने भएपछि कामलाई निरन्तरता दिइएको हो ।
मुग्लिन–नारायणगढ सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार १५ मजदुरले अहिले नियमित काम गरिरहेका छन् । मजदुर थप्न नसकिए पनि पहिलेदेखिनै काम गर्दै आएका मजदुरलाई क्वारेन्टाइनमा राखेर काम गराइएको छ । पुलमा अहिले ढलानका लागि सेन्टिङ र रड बाँध्ने काम भइरहेको छ । खनालले भने, “नियमित काम गर्न सकेमा र सामग्री पाएमा वैशाखको २०–२२ गते सम्ममा हामी ढलान गर्छौँ ।”
ढलानसँगै सो पुलको बिममा तारले कस्नुपर्ने हुन्छ । वर्षात्अघि यति गरेमा हालसम्म भएको काम सुरक्षित हुने खनालले जानकारी दिए । तार कोलकाताबाट ल्याउनुपर्ने हुन्छ । विगत पाँच वर्षयता नेपालका ४० मिटरभन्दा लामो पुलमा तारले बिममा कस्ने गरी डिजाइन गरेर काम गर्दै आइएको छ ।
नारायगढ–मुग्लिन सडक फराकिलो बनाइएको भए पनि त्यहाँ रहेका १९ वटा पुल साँघुरा थिए । सडक नौ मिटरदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । पुल भने पाँचदेखि छ मिटरसम्म मात्र फराकिलो रहेका छन् । सडकको पुनःनिर्माण सकिएसँगै चार पुलको निर्माणकार्य शुरु गरिएको थियो । जसमध्ये दासढुङ्गा, खानी र मौरी पुलको निर्माणकार्य सकिए पनि जलबिरे पुलको भने अहिलेसम्म ६२ प्रतिशत मात्रै काम सकिएको आयोजनाले जनाएको छ । १३ करोड ९५ लाख लागत रहेको जलविरे पुल ८० मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ ।
डिसेम्बर २०१७ बाट निर्माण शुरु गरिएको पुल सम्झौता भएको २१ महिनामा निर्माण सकिनुपर्ने हो तर निर्माणका क्रममा पटक–पटक डिजाइन परिवर्तन गर्नुपर्दा ढिलाइ भएको हो । पुल निर्माण गर्ने स्थान अप्ठ्यारो ठाउँ भएकाले काम गर्दै डिजाइन परिवर्तन गर्दै गर्नुपरेको खनालले जनाकारी दिए । जलविरे मन्दिरसँगै जोडेर बनाइएको यो पुल निर्माण सम्पन्न भएपछि नारायणगढ–मुग्लिन सडकको दूरी ३०० मिटर घट्ने छ । अहिले यो सडकको दूरी ३६ किलोमिटर छ । राजधानी काठमाडौँ प्रवेश र बाहिरिने प्रमुख सडक भएकाले यो सडकमा सवारी चाप उच्च छ । दैनिक १० हजार सवारी साधन आवतजावत गर्ने जनाइएको छ ।
News Desk 0 response मङ्लबार, बैशाख ९, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३



