

-
महोत्तरी । कोेरोना भाइरसको सन्त्रास छल्न जारी लकडाउनकै बीच प्रहरीले महोत्तरीमा अवैध मदिरा भट्टी नष्ट अभियान चलाएको छ । लकडाउनकै बेला भट्टीमा जमघट बढ्दै जाँदा प्रहरीले सोमबार साँझ जिल्लाको भङ्गाहा–७ मेघनाथगोरहन्नामा १७ हजार लिटर अवैध मदिरा र चारवटा भट्टी नष्ट गरेको हो ।
जिल्लाको सीतापुर, औरही र जमुनियाँ प्रहरी चौकीको संयुक्त गस्ती टोलीले रामएकवाल चौधरी, नवीन चौधरी, कमल चौधरी र रामपुकार चौधरीले सञ्चालन गरेका भट्टी नष्ट गरेको हो । चारवटै भट्टीबाट १४ हजार लिटर मदिरा बनाइने कच्चा पदार्थ, तीन हजार लिटर तयार मदिरा र मदिरा बनाउन प्रयोग गरिने भाँडा बरामद गरी नष्ट गरिएको प्रहरी टोलीको नेतृत्व गर्ने सीतापुर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक झलक घिमिरेले जानकारी दिएका छन् ।
भङ्गाहासँगै जोडिएको धनुषाको क्षिरेश्वर नगरपालिकाको रम्दैया बस्तीमा गत फागुनमा यस्तै मदिरा खाएर १५ जनाको मृत्यु हुँदा सो मदिरा पनि भङ्गाहा–३ सकरीको भट्टीबाट गएको खुलेको थियो । प्रहरीले तत्कालै सो भट्टी नष्ट गरी भट्टी सञ्चालक जगत मण्डललाई पक्राउ गरी अदालती कारवाही शुरु गरिसकेको छ ।
जिल्लाका भित्री ग्रामीण बस्तीमा सञ्चालित भट्टीमा अखाद्य वस्तु (युरिया रसायनिक मल, झुत्रा प्लाष्टिक, पुराना जुत्ताचप्पल) प्रयोग गरेर मदिरा बनाउने गरेका पाइएको छ । गत चैतमा जिल्लाकै औरही नगरपालिकाको जङ्घा नदी किनारको वनक्षेत्रभित्र सञ्चालित भट्टी पत्ता लगाएर प्रहरीले त्यहाँ यस्ता अखाद्य वस्तु मदिरा बनाउँदा प्रयोग गरेकै बेला बरामद गरेको थियो ।
ग्रामीण बस्तीमा बनाइने यस्तो मदिरा धेरैजसो गरिब वर्गका सर्वसाधारणले खाने गरेका छन् । यस्तो मदिराको सेवनले जनधनको क्षति र जनस्वास्थ्यमा हुने प्रतिकूल असर रोक्न भट्टी नष्ट गर्ने अभियान नै सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
News Desk 0 response मङ्लबार, बैशाख ९, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३



