

-
अत्तरिया । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको माहामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा गरिएको लकडाउनको मौका छोपी कैलालीमा काठ तस्करीको क्रम बढेको छ ।
जिल्लाका भजनी, गोदावरी, बर्दगोरिया, लम्की र घोडाघोडी नगरपालिकाका विभिन्न स्थानमा लकडाउनको बेला काठ तस्करी गर्ने क्रम बढेको डिभिजन वन कार्यालयले जनाएको छ । लकडाउनका बेला हरियो रुख काटेर काठ तस्करी गर्ने क्रम बढेपछि सशस्त्र प्रहरीले निगरानी बढाएको जनाइएको छ ।
प्रहरीले जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकाकाभित्र काठ तस्करी गर्ने व्यक्तिलाई धमाधम पक्राउ गरेर सार्वजनिक गर्ने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । उनले सामुदायिक तथा राष्ट्रिय वनबाट अवैधरूपमा काठ तस्करी भइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरी बल परिचालन गरी काठ चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरेर काठका गोलिया बरामद गरिएको छ ।
प्रहरीले लकडाउन अवधिभर काठ तस्करीमा संलग्न भजनी, गोदावरी, बर्दगोरिया, लम्की, घोडाघोडीलगायतका स्थानीय तहबाट १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरुबाट बरामद गरिएको काठका गोलिया तथा चिरान गरिएका कडी डिभिजन वन कार्याल पहलमानपुर र धनगढीलाई बुझाएको जनाइएको छ ।
डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले लकडाउनमा भएकाले चोरी तस्करी नियन्त्रणमा समस्या भइरहेको स्वीकार गर्दै प्रतिकूल परिस्थितिका बाबजुदसमेत वन संरक्षणको टोली वन संरक्षणमा सक्रिय रहेको बताएका छन् । रासस
News Desk 0 response आइतवार, चैत्र ३०, २०७६

सम्बन्धित शीर्षकहरु
-
उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार
बिहिबार, जेष्ठ २१, २०८३ -
इरानको मिसाइल हमलाबाट कुवेतमा एक जनाको मृत्यु
बुधबार, जेष्ठ २०, २०८३ -
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३
-
उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार
बिहिबार, जेष्ठ २१, २०८३ -
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३
-
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
प्रधानमन्त्री एक हप्ताभित्रै संसदमा उपस्थित हुने :..
मङ्लबार, जेष्ठ १२, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३



