

-
कोरोनाभाइरस सङक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या विश्वभरमै अमेरिकामा सबैभन्दा उच्च पुगेको छ । अमेरिकाले यसअघि सबैभन्दा धेरैले ज्यान गुमाएको तथ्याङ्क भएको इटलीलाई उछिनेको हो ।
जोन्स हप्किन्स विश्वविद्यालयले तयार पारेको पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा २० हजार भन्दा धेरैले ज्यान गुमाएका छन् ।
कोभिड-१९ का कारण एकैदिनमा दुई हजारभन्दा धेरैले ज्यान गुमाउने पहिलो देशको रूपमा अमेरिका देखा परेको केहीबेरमै धेरैलाई चिन्तित पार्ने यस्तो तथ्याङ्क बाहिर आएको हो ।
न्यू योर्कका गभर्नर एन्ड्र्यू कोउमोले शनिवार आफ्नो राज्यमा मृत्युको सङ्ख्या स्थिरतातर्फ गइरहेको देखिएको बताएका थिए । पछिल्लो २४ घण्टामा ज्यान गुमाएका ७८३ जनाको मृत्युलाई देखाउँदै उनले पछिल्ला केही दिनदेखि मृत्यु त्यही सङ्ख्याको आसपासमा रहेको जनाएका थिए ।
गभर्नर कोउमोले भने: “यी क्षति र पीडा चित्रण गर्ने अपत्यारिला सङ्ख्या हुन् ।”
केन्द्रविन्दु न्यूयोर्क
अमेरिकामा यस महामारीको केन्द्रविन्दु न्यू योर्क राज्य बनेको छ । अमेरिकाभर ५ लाख २० हजारभन्दा बढि सङ्क्रमित रहेकामा १ लाख ८० हजारभन्दा बढि न्यू योर्क राज्यमा छन् ।शनिवारसम्म यस महामारीसँग जुझ्नका लागि सबै अमेरिकी राज्यले सङ्कटकाल घोषणा गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लागु गरेको सामाजिक दूरी कायम गर्ने सुझावहरू हाललाई एप्रिल ३० सम्म तोकिएका छन् ।
महामारीकैबीच पछिल्ला सातामा अमेरिकाको बिग्रँदो अर्थतन्त्रका कारण जागिर गुमाउने कम्तीमा एक करोड ६० मानिसहरूको दबाब खेपिरहेका छन् ।
ट्रम्पले शुक्रवार भने अवस्था सामान्यिकरण गर्नका लागि एक साताभित्रै व्यापार र स्वास्थ्य सम्बन्धी सूचि सहितको ‘आफूले गर्नुपर्ने अहिलेसम्मकै ठूलो निर्णय’ लिने बताएका थिए ।
अमेरिकी संसद् कङ्ग्रेसमा कोभिड-१९ सँग जुझ्ने अर्को तहको आर्थिक राहतबारे बहस भइरहँदा ट्रम्पको त्यस्तो भनाइ आएको हो ।
डेमोक्र्याटहरूले नयाँ प्रस्तावित २५० अर्ब डलरको राहत कार्यक्रमले साना व्यवसायहरूलाई सहयोग गर्नुका साथै अस्पतालहरू र स्थानीय सरकारलाई थप आर्थिक सहायता दिनुपर्ने बताउँदै आएका छन् । बीबीसी
News Desk 0 response आइतवार, चैत्र ३०, २०७६

सम्बन्धित शीर्षकहरु
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध नयाँ उचाइमा, आणविक मुद्दामा मौनता
बुधबार, जेष्ठ २७, २०८३-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३



