

-
काठमाडौँ । लकडाउनको समयमा पनि केही काम नियमित रुपमा भइरहेका छन् । सरकारले गरेको आग्रह अनुसार सामाजिक दूरी कायम गरेर भइरहेका नियमित कामले पनि आशा जगाउने वातावरण तयार पारिरहेको छ ।
यसै क्रममा पुनर्बीमा कम्पनीको साधारण सेयर (आइपीओ) को आज बाँडफाँड भएको छ । कम्पनीको आइपीओमा आवेदन गरेका कूल ३ लाख ९० हजार ६३८ जना आवेदकलाई आज शेयर बाँडफाँड गरेको हो । कम्पनीले केही दिन पहिले एक अर्ब ६० करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो । कम्पनीको आइपीओमा ४० कित्ताभन्दा कम आवेदन गरेका सबैलाई माग अनुसार नै शेयर उपलब्ध गराइएको छ । त्यस्तै कूल ५० कित्ताभन्दा बढी आवेदन गर्नेलाई न्यूनतम ४० कित्ता शेयर पाएका छन् । यस्तै कूल ७७ हजार २४५ जनाले थप १० कित्ता शेयर पाएका छन् ।
कम्पनीको शेयरमा कूल २७ हजार ७४८ जनाले १० कित्ताका लागि आवेदन दिएका थिए । यस्तै २० कित्ताको लागि १५ हजार ५९० जना र ३० कित्ताको लागि १२ हजार ७२३ जनाले आवेदन दिएका थिए । कूल ४० कित्ताको लागि २० हजार ९२९ जनाको आवेदन परेको थियो । त्यस्तै ५० कित्तादेखि १० हजारकित्तासम्म आवेदन दिने तीन लाख १३ हजार ६४८ जनामा ७७ हजार २४५ लाई गोलाप्रथाबाट शेयर दिइएको छ ।
News Desk 0 response बुधबार, चैत्र २६, २०७६

सम्बन्धित शीर्षकहरु
-
उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार
बिहिबार, जेष्ठ २१, २०८३ -
इरानको मिसाइल हमलाबाट कुवेतमा एक जनाको मृत्यु
बुधबार, जेष्ठ २०, २०८३ -
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३
-
उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार
बिहिबार, जेष्ठ २१, २०८३ -
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३
-
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
प्रधानमन्त्री एक हप्ताभित्रै संसदमा उपस्थित हुने :..
मङ्लबार, जेष्ठ १२, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३



