

-
काठमाडौँ । शङ्खरापुर नगरपालिकाले लकडाउनको बेला दूध बिक्रीवितरणमा रोक लगाएपछि साँखुवासी आक्रोशित भएका छन् । कोरोना भाइरसको कारण देखाउँदै नगरपालिकासहित विभिन्न राजनीतिक दलको बैठकले दूध बिक्रीमा रोक लगाउने निर्णय गरेपछि यसको सर्वत्र विरोध हुन थालेको छ ।
नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठसहितको बैठकले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि भन्दै दूध बिक्री तथा ढुवानीमा रोक लगाउने निर्णय गरको थियो । सो निर्णयका विरुद्ध अहिले वडाध्यक्षबाटै विरोध हुन थालको छ । शङ्खरापुर नगरपालिका–६ का वडाध्यक्ष राधाकृष्ण श्रेष्ठले किसानको उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने समयमा उल्टै दूध बिक्रीमा रोक लगाएर किसानलाई हतोत्साही बनाउने काम भएको बताए ।
यस्तो बेलामा सरकारले अत्यावश्यक वस्तुको रुपमा दूध व्यवसायलाई पनि बिनारोकतोक चल्न दिने निर्णय गरेको भए पनि नगरपालिकाले व्यवस्थित ढङ्गले ढुवानी गर्न दिने वातावरण मिलाउने भन्दा रोक्ने निर्णय गरेपछि आक्रोशित बन्नुपरेको किसानहरु बताउँछन् । नगरप्रमुख सुर्वण श्रेष्ठले भने स्थानीयवासीको सुरक्षा र मागलाई सम्बोधन गर्दै दूध बिक्रीमा रोक लगाउने निर्णय गरेको जानकारी दिए । यसरी दूध जस्तो अत्यावश्यकको वस्तुको रुपमा सरकारले रोकतोक नगर्ने निर्णय गरको भए पनि नगरपालिकाको उक्त निर्णयबाट साँखुका किसानहरु समस्यामा परेका छन् ।
News Desk 0 response बुधबार, चैत्र २६, २०७६

सम्बन्धित शीर्षकहरु
-
उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार
बिहिबार, जेष्ठ २१, २०८३ -
इरानको मिसाइल हमलाबाट कुवेतमा एक जनाको मृत्यु
बुधबार, जेष्ठ २०, २०८३ -
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३
-
उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार
बिहिबार, जेष्ठ २१, २०८३ -
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३
-
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
प्रधानमन्त्री एक हप्ताभित्रै संसदमा उपस्थित हुने :..
मङ्लबार, जेष्ठ १२, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३



