

-
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोरोना भाइरसको रोकथाम र उपचारका लागि डेढ करोड बराबरको अवाश्यक सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । सङ्घका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा हालै बसेको गैरआवासीय नेपाली सङ्घ कार्यकारी (एनआरएनए आइइएस) को बैठकले कोरोना भाइरस राहत कोषमा जम्मा भएको र उठ्दै गरेको रकमबाट एक करोड ६२ लाख नेपाली रुपैयाँ बराबरको सामग्री खरिद गरी सरकारलाई हस्तान्तरण गर्ने निर्यण गरेको हो ।
उक्त सहयोग हस्तान्तरणपछि उठ्ने रकम भने विदेशमा नै बस्ने नेपालीको सहयोगका लागि राहतस्वरुप खर्च गरिने सङ्घले जनाएको छ । सङ्घले कोरोनाको नियन्त्रण, रोकथाम तथा उपचारका लागि आवश्यक सहयोग गर्न विश्वभरका नेपालीमाझ आह्वान गर्दै आएको छ । बैठकले सङ्घ क्रियाशील सबै क्षेत्रमा कोरोना भाइरसका विरुद्ध लड्न समिति बनाएर, नेपालीलाई सहयोग गर्न, भएका गतिबिधि र घटना समेत अपडेट गर्न क्षेत्रीय संयोजक (आरसी) लाई निर्देशन दिएको छ । यसैगरी नेपाल सरकारका विदेशस्थित रहेका मिशन, राजदूतावासका प्रतिनिधि रहने, सम्पूर्ण सङ्घ, संस्था र प्रतिष्ठित र सम्बन्धित व्यक्तिको समेत प्रतिनिधित्व हुने गरि समिति बनाउने निर्णयसमेत गरेको छ ।
सोही समितिले सहयोग र उद्धारका लागि काम गर्न नेपाल सरकारसँग प्रस्ताव गर्नेछ । यसका लागि पहल गर्न सङ्घका अध्यक्ष पन्तलाई जिम्मेवारी दिएको सङ्घका सूचना तथा सञ्चार उपसंयोजक कृष्ण केसीले जानकारी दिएका छन् ।
News Desk 0 response मङ्लबार, चैत्र २५, २०७६

सम्बन्धित शीर्षकहरु
-
उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार
बिहिबार, जेष्ठ २१, २०८३ -
इरानको मिसाइल हमलाबाट कुवेतमा एक जनाको मृत्यु
बुधबार, जेष्ठ २०, २०८३ -
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३
-
उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार
बिहिबार, जेष्ठ २१, २०८३ -
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३
-
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
प्रधानमन्त्री एक हप्ताभित्रै संसदमा उपस्थित हुने :..
मङ्लबार, जेष्ठ १२, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३



