

-
पोखरा । पोखरा र आसपासमा बुधवार दिउँसो परेको असिना पानीले तरकारी र फलफूल बालीमा क्षति पुर्याएको छ । दिउँसो एक बजेदेखि लगभग आधा घण्टासम्म हावा हुरी सहित परेको असिना पानीले यहाँको लेखनाथको केही स्थान सहित तरकारीको पकेट क्षेत्र मालेपाटन, मासवास तथा घारीपाटन, रातोपैह्रा विरौटा, भरतपोखरी, निर्मलपोखरी लगायतका स्थानमा लगाइएको तरकारी बालीमा ठूलो पुर्याएको हो ।
असिना र पानीले बारीमा लगाइएका घिरौला, काक्रा, बोडी, फर्सी, लौका,लगायतका लहरे तरकारी बालीका विरुवा तथा सुन्तला, कागती, मेवा, नासपति, लिचि जस्ता फलफूलका बोटमा भर्खरै लागेका फूल झारेर क्षति पुर्याएको स्थानीय कृषकले दुखेसो गरेका छन् ।
त्यस्तै असिना पानीले तनहुँको दुलेगौडा, ढोरफिर्दी लगायतका स्थानमा पनि ठूलै क्षति पुगेको स्थानीयले जानकारी दिएका छन् । भरखरै फुलेका सुन्तला, कागती, नासपति, लगायतका बोटका फुलहरु झार्नुका साथै उम्रदै गरेका घिरौला, काक्रा लगाएतका लहरे वालीमा पनि असिनाले ठूलो क्षति पुर्याएको छ ।
News Desk 0 response बिहिबार, चैत्र २०, २०७६

सम्बन्धित शीर्षकहरु
-
उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार
बिहिबार, जेष्ठ २१, २०८३ -
इरानको मिसाइल हमलाबाट कुवेतमा एक जनाको मृत्यु
बुधबार, जेष्ठ २०, २०८३ -
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३
-
उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार
बिहिबार, जेष्ठ २१, २०८३ -
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३
-
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३ -
प्रधानमन्त्री एक हप्ताभित्रै संसदमा उपस्थित हुने :..
मङ्लबार, जेष्ठ १२, २०८३



