

-
गलकोट । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम हुन नदिन लगाइएको लकडाउनले राष्ट्रिय गौरवको आयोजना निर्माणमा असर पु¥याएको छ । बागलुङ जिल्लामा सञ्चालित दुई राष्ट्रिय गौरवको आयोजना मध्यपाहाडी पुष्पलाल लोकमार्ग र कालिगण्डकी करिडोरको निर्माण केही दिनका लागि बन्द गरिएको छ । यही असार मसान्तसम्म ती अयोजना मध्येको एक मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड कालोपत्रे गर्ने लक्ष्य रहेको थियो । यस्तै कालिगण्डकी करिडोरको सडक चौडा पार्ने कार्य ठप्प रहेको सो करिडोरको निर्माणको जिम्मा पाएको नेपाली सेनाको निर्माण कार्यदलका प्रमुख रेश्मिराज भट्टाईले जानकारी दिए ।
सो करिडोरको बागलुङ खण्डमा पर्ने ३६ किमी मध्ये १० किमी सडक निर्माण सम्पन्न भई सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । अन्य सडकलाई चौडा पार्नेकार्य जारी रहदा सरकारले भीडभाड गर्न बन्देज लगाएपछि बम ब्लाष्टिङको काम ठप्प भएको हो । सो भाइरसका जोखिमका कारण केही कामदार घर फर्किएका छन् । केही कामदार सेनाकै अस्थायी क्याम्पमा आश्रय लिएर बसेको जनाइएको छ ।
यस्तै मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ जिल्लामा पर्ने १४२ किलोमिटर मध्ये ९० किमी सडक कालोपत्रे भइ सकेको छ । ५२ किलोमिटर सडक निर्माणको चरणमा रहेको छ । सो अन्तर्गत निसीखोला खण्डको ४१ किमी सडक र बागलुङ बजारदेखि बिँहु घोडाबाधे सडकको २५ किमी मात्र कालोपत्रे गर्न बाँकी रहेको थियो । असारसम्म कालोपत्रे सक्नेगरी निसीखोला खण्डमा कालोपत्र शुरु भएपनि लकडाउनका कारण आयोजना प्रभावित भनेको लोकमार्ग आयोजना पर्वत कार्यालयका प्रमुख आशिष थापाले जानकारी दिएका छन् । “राज्यले उच्च सर्तकता अपनाएको समयमा हामीले निर्माण कार्य जारी राख्ने अवस्था भएन” उनले भने “कोरोनाको जोखिम अन्त्य भएपछि निर्माण कार्य शुरु हुन्छ, कामदार घर गएकोे अवस्था छ, निर्माण सम्पन्न मिति स्वभाविक रुपमा धकेलिन्छ ।”
राष्ट्रिय गौरवको आयोजना मात्र हैन संघीय, प्रदेश तथा स्थानीय सरकारले निर्माण थालेको सडक, खानेपानी लगायतका साना ठूला आयोजना समेत प्रभावित भएका छन् । विकास निर्माण ठप्प हुँदा असार अन्तिममा आएर धमाधम निर्माण कार्य गर्दा निर्माणमा गुणस्तर नहुँने जस्ता समस्या देखिनेछन् । तीनै तहका सरकारले असारे विकास निरुत्साहित गर्ने गरी धमाधम निर्माण कार्य थालिएपनि कोरोना भाइरसका जोखिमले योजनालाई सम्पन्न हुन केही ढिलाई हुने देखिन्छ । रासस
News Desk 0 response आइतवार, चैत्र १६, २०७६

सम्बन्धित शीर्षकहरु
-
उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार
बिहिबार, जेष्ठ २१, २०८३ -
इरानको मिसाइल हमलाबाट कुवेतमा एक जनाको मृत्यु
बुधबार, जेष्ठ २०, २०८३ -
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३
-
उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार
बिहिबार, जेष्ठ २१, २०८३ -
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३
-
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३ -
प्रधानमन्त्री एक हप्ताभित्रै संसदमा उपस्थित हुने :..
मङ्लबार, जेष्ठ १२, २०८३



