

-
झिमरुक । प्यूठानको नौबहिनी गाउँपालिका बाहानेले क्षेत्रभित्र ज्यालादारी रुपमा काम गरी बिहान–बेलुका खाना जुटाउने मजदुरलाई एक महिनाका लागि खाद्यान्न दिने भएको छ । आकस्मिक कार्यपालिका सदस्य र कर्मचारीको बैठक बसी मजदुरलाई खाद्यान्न पु¥याउने निर्णय गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले जानकारी दिएका छन् ।
गाउँपालिकाले वडाध्यक्षमार्फत आठ वटै वडाका ज्यालादारी मजदुरीको लगत सङ्कलन गरी खाद्यान्न दिने उनले बताए । पालिकाका स्वास्थ्य शाखा प्रमुख शर्माका अनुसार परिवारका सदस्य हेरी २५ देखि ५० केजीसम्म चामल र पाँच केजी दाल दिइनेछ । कोरोना सङ्क्रमण बढेका समयमा नेपालसँगै जिल्ला नै लकडाउन भएका समयमा काम गर्न नपाएका मजदुरलाई केही राहत प्रदानका लागि यो निर्णय गरिएको हो । पालिकास्तरीय विपद् व्यवस्थापन कोषबाट रकम खर्च हुने गरी खाद्यान्न दिइने शर्माले बताए । वडाध्यक्षको समन्वयमा खाद्यान्न वितरण गरिने छ ।
नौबहिनी गाउँपालिकाले देश बाहिरबाट आएका व्यक्तिको लगत सङ्कलनको कामसमेत गरेको छ । पलिकाका आठ वडामा १५० व्यक्ति गाउँमा आएको स्वास्थ्य शाखा प्रमुख शर्माले जानकारी दिएका छन् । अन्य मुलुकबाट पालिका क्षेत्रमा आएका व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्न आग्रहसमेत गरेको उनको भनाइ छ । रासस
News Desk 0 response शनिबार, चैत्र १५, २०७६

सम्बन्धित शीर्षकहरु
-
इरानको मिसाइल हमलाबाट कुवेतमा एक जनाको मृत्यु
बुधबार, जेष्ठ २०, २०८३ -
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३ -
ट्रम्पले नेतन्याहूलाई हप्काए, हिजबुल्लाह र इसराइलबीच आंशिक..
मङ्लबार, जेष्ठ १९, २०८३
-
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३
-
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३



