

-
जाजरकोट । भेरी नदीमा निर्माण हुने दुई जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम अवरुद्ध भएको छ । नेपालमा लक डाउन भएको भन्दै चिनियाँ कामदारहरु आतिएर काम छाडेको जानकारी आएको नलगाड जलविद्युत् आयोजनाका इञ्जिनीयर पदम थापाले जानकारी दिनुभयो । काम गर्ने चिनियाँ टोली मङ्गलबार दिउँसो रुकुमपश्चिम आठविसकोट नगरपालिकाको राडीमा आएको सूचना पाएको तर खोज्न जाँदा नभेटिएको उहाँको भनाइ छ । अहिले फेरी प्रहरीसँग सम्पर्क गरेर चिनियाँ टोलीलाई खोज्न जान लागेको उहाँको भनाइ छ ।
सो टोलीलाई खानेकुराको समस्य भएको भन्दै काम छाडेको सूचना प्राप्त भएको थापाले जानकारी दिनुभयो । चाइना गेजुवा कम्पनीले सात सय २१ मेघावाट जलविद्युत् उत्पादन क्षमताको भेरी–१ र भेरी–२ हाइड्रोपावर परियोजनाको डीपीआर अध्ययन दुई वर्षदेखि जारी रहेको छ । कम्पनीले विस्तृत आयोजना प्रतिवेदन दुई वर्षमा सम्पन्न गर्ने गरी केही समय अघिदेखि कार्य शुरु गरेको हो । गेजुवाले विद्युत् विकास समितिबाट इजाजत लिएर उक्त कार्य शुरु गरेको हो । कम्पनीले डीपीआरका लागि जाजरकोट नलगाडको चौखा, तल्लोबगर, बस्नेत गाउँ तथा रुकुमको मनकाबगर, त्रिवेणीलगायत स्थानमा ड्रिलिङ, माटो तथा ढुङ्गाखानी परीक्षणलगायत कार्य गरिरहेको छ ।
एसी पावर कम्पनीले आयोजनाको पहिचान तथा प्रारम्भिक सर्भे डिजाइनका लागि रु सात करोड खर्च गरिसकेको छ । ०६६ सालमा उक्त हाइड्रोपावर पहिचान भएको थियो । चार सय ८० मेघावाट क्षमताको भेरी–१ को नलगाड नगरपालिका– १२ चौखास्थित तल्लो छहरामा पावर हाउस बन्ने भएको छ । यसका लागि जाजरकोट, रुकुम र डोल्पाको सीमास्थित मनकाबगरमा ६० मिटर उचाइको ड्याम बन्नेछ भने पावर हाउससम्म १५ किलोमिटर सुरुङ (टनेल) निर्माण हुनेछ ।
त्यस्तै दुई सय ४१ मेघावाट विद्युत् उत्पादन क्षमताको भेरी–२ का लागि चौखामा ३५ देखि ४० मिटर उचाइको बाँध तथा १३ किमि सुरुङमार्ग र नलगाड–७ चामाखेतमा पावर हाउस निर्माण हुने भएको छ । गेजुवाले डीपीआर निर्माण गर्न रु ५० करोड लाग्ने जनाएको छ । भेरी नदीमा जलाशययुक्त आयोजनाहरू निर्माणका लागि अध्ययन सुरु भएको आयोजनाका रामकाजी थापाले जानकारी दिनुभयो ।
भेरी–१ र भेरी–२ आयोजना निर्माणका क्रममा चार सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ । भेरी–१ का लागि रु एक खर्ब र भेरी–२ का लागि रु ५० अर्ब लाग्ने अनुमान गरिएको छ । डीपीआर सम्पन्न भएलगत्तै भेरी–१ तथा भेरी–२ आयोजना निर्माण चरणमा जाने र अबको १० वर्षमा विद्युत् उत्पादन हुने आयोजनाले बताएको छ ।
भेरी नदीमा जलविद्युत् आयोजना निर्माणका लागि स्वदेशी तथा विदेशी लगानीकर्ता आकर्षित भएका छन् । भेरी नदीमा जलविद्युत् आयोजना निर्माणका लागि स्वदेशी तथा विदेशी लगानीकर्ता आकर्षित भएका छन् । भेरी नदीमा खेर गइरहेको पानीबाट विद्युत् उत्पादन गर्न सके कर्णाली प्रदेशको विकास र समृद्धि हुनेछ । स्रोत र साधनका हिसाबले धनी रहेको यस प्रदेशमा जलविद्युत् उत्पादनका लागि सरकारी तथा निजी लगानी वृद्धि गर्नुपर्ने प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहको भनाइ छ ।
‘नलगाड हाइड्रो पावर, छेडागाड जलविद्युत –१, भेरी–२, भेरी–३, भेरी–४ लगायत जलविद्युत् आयोजना निर्माणपछि जाजरकोट मात्र नभई समग्र कर्णालीकै मुहार बदलिने छ’, उहाँले भन्नुभयो । भेरी नदीमा पाँच हजार र सानी भेरीमा दुई हजार मेघावाट जलविद्युत् उत्पादन क्षमता रहेको नलगाड जलविद्युत् आयोजनाका इञ्जिनीयर पदम थापाले बताउनुभयो । रासस
News Desk 0 response बुधबार, चैत्र १२, २०७६

सम्बन्धित शीर्षकहरु
-
इरानको मिसाइल हमलाबाट कुवेतमा एक जनाको मृत्यु
बुधबार, जेष्ठ २०, २०८३ -
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३ -
ट्रम्पले नेतन्याहूलाई हप्काए, हिजबुल्लाह र इसराइलबीच आंशिक..
मङ्लबार, जेष्ठ १९, २०८३
-
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३
-
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३



