

-
काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । खुला गर्ने वा बन्द गर्ने भन्ने आशंकाका बीचमा खुलेको बजारमा कारोवार मापक नेप्से परिसूचक १८.२० अङ्कले घटेर एक हजार २५१.४५ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.७६ ले घटेर २७१.०६ मा पुगेको छ । घटेको बजारमा कारोवार रकम पनि घटेको छ । कूल १२३ कम्पनीका ४ लाख ८० हजार ५२७ कित्ता शेयर रु १९ करोड ४६ लाख ४२ हजार ९८४ मा खरीद बिक्री भए ।
कारोवार भएका कूल ११ उपसमूहमध्ये तीन समूहको शेयर उकालो लाग्यो भने आठ उपसमूहको शेयर घट्यो । होटल ५२.९९, निर्जीवन बीमा १.२६ र अन्य ७.२८ ले बढेको छ । यस्तै बैंकिङ २७.१३, व्यापार १०.५६, विकास बैंक १५.६७, जलविद्युत् ४.८७, वित्त ०.१७, उत्पादन २९.३, लघुवित्त १७.९४ र जीवन बीमा १०३.९८ ले घटेको छ ।
कारोवारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु दुई करोड ८१ लाख ७० हजार बराबरको कारोवार भयो । यस्तै, एनएमबी बैंक रु एक करोड ९६ लाख ८६ हजार २६४, हिमालयन डिस्टिलरी रु एक करोड ४५ लाख ३१ हजार ८३५, एनआइसि एशिया बैंक रु एक करोड ११ लाख ३९ हजार ९८५ र नबिल बैंक रु एक करोड सात लाख ११ हजार ८८४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको नेप्सेले जनाएको छ ।
यस्तै कारोवारका आधारमा जनउत्थान सामुदायिक लघुवित्तका शेयरधनीले ९.६९ प्रतिशतले कमाए । अपि पावर कम्पनी ७.४१, सेन्ट्रल फाइनान्स ७.०२, सिभिल लघुवित्त ५.८९, सोल्टी होटल ५.०६ र सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ३.९८ प्रतिशतले कमाए । यस्तै, गुह्यश्वरी मर्चेन्ट ९.३७, नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर ६.८६, एनसिसी बैंक ६.१३, फष्ट माइक्रोफाइनान्स ५.२५, नेशनल लाइफ इन्स्योरेन्स ४.७७ र प्राइम बैंककाशेयरधनीले ४.५४ प्रतिशतले गुमाए ।
आज बजार खुल्नुअगाडि बजार नखुलाउन आग्रह गर्दै लगानीकर्ताले नेप्सेको व्यवस्थापनलाई ध्यानाकर्षण गराएका थिए तर नेप्सेको सञ्चालक समितिले स्पष्ट निर्देशन नआएको भन्दै बजार खुल्ने बताएको थियो । सोही अनुसार कोरोना त्रासका बीचमा पनि बजारमा नियमित कारोवार भएको हो ।
News Desk 0 response आइतवार, चैत्र ९, २०७६

सम्बन्धित शीर्षकहरु
-
इरानको मिसाइल हमलाबाट कुवेतमा एक जनाको मृत्यु
बुधबार, जेष्ठ २०, २०८३ -
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३ -
ट्रम्पले नेतन्याहूलाई हप्काए, हिजबुल्लाह र इसराइलबीच आंशिक..
मङ्लबार, जेष्ठ १९, २०८३
-
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३
-
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३



