

-
काठमाडौँं । वायुसेवा सञ्चालक कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट नेपाली तथा विदेशी मुद्रामा लिएका सम्पूर्ण ऋणको कम्तीमा एक वर्षको व्याज मिनाहा गर्न माग गरेका छन् ।
वायु सेवा सञ्चालक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घको बिहीबार भएको बैठकले ती संस्थाबाट लिएको सम्पूर्ण दीर्घकालीन ऋणको कम्तीमा एक वर्षको किस्ता रकमलाई स्थगन गरी पुनःतालिकीकरण गर्ने व्यवस्था गर्न र विदेशी मुद्रामा लिइएका ऋण नेपाली रुपैयाँमा समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाइदिन आग्रह गरेको हो ।
कोभिड–१९ को विश्वव्यापी सङ्क्रमण फैलिएसँगै नेपालको हवाई उड्डयन क्षेत्रमा नकारात्मक असर परेको भन्दै वायुसेवा सञ्चालक कम्पनीले राहत प्याकेज घोषणा गर्न सरकार समक्ष माग गरिएको सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले बताउनुभयो । सङ्कटको अवस्थामा आवश्यक सञ्चालन खर्च धान्नकै लागि वायुसेवा कम्पनीलाई बैंकले आपसी सहमतिमा सहुलियत ऋण जारी गरिनुपर्ने, माथि उल्लेखित ऋण पुनःतालिकीकरण सम्बन्धमा वायुसेवा कम्पनी सञ्चालकको उद्देश्यअन्तर्गत प्रदान गरिएको सबै किसिमको ऋणमा लागू हुनुपर्ने माग गरिएको छ ।
कोरोना भाइरसका कारण क्षति पुगेका वायुसेवा उद्योग पुनःजीवित हुन धेरै समय लाग्ने भएकाले सरकारबाट प्रोत्साहनस्वरुप करछुट, व्याजमा सहुलियत, ल्याण्डिङ, पार्किङ, राति विसान दस्तुर तथा नेभिगेसन शुल्क तथा अन्य दस्तुर आदिमा छुट प्रदान गर्न सङ्घले विज्ञप्तिमार्फत आग्रह गरेको छ । साथै सङ्घले सबै हेलिकप्टर कम्पनीले पूर्वप्रतिबद्धता गरेका उडानबाहेक हेलिकप्टर आउँदो अप्रिल, १, २०२० देखि उडान नभएका कारण भूमिस्थ (ग्राउण्डेड) गर्ने पनि निर्णय गरेको छ ।
News Desk 0 response शुक्रबार, चैत्र ७, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
गर्मी बढ्दै जाँदा पश्चिम तराईको जनजीवन प्रभावित
मङ्लबार, असार २, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३
-
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
गर्मी बढ्दै जाँदा पश्चिम तराईको जनजीवन प्रभावित
मङ्लबार, असार २, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
आइतबारको बिदा खारेज गर्न लागिएको होइन :..
आइतवार, जेष्ठ २४, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३



