

-
गलेश्वर । हिमाली जिल्ला म्याग्दीको तोरीपानीमा व्यावसायिकरूपमा सतुवा खेती शुरु गरिएको छ । दुई वर्षअघि इलामबाट बीउ ल्याएर परीक्षणको रुपमा गरिएको सतुवा खेती सफल भएपछि बेनी नगरपालिका–९ तोरीपानीका सागर बानियाँले व्यावसायिकरूपमा नै सतुवा खेती शुरु गर्नुभएको हो ।
गतवर्ष सतुवाका ३० हजार बिरुवा बिक्री गरेर रु छ लाख आम्दानी गर्नुभएका बानियाँले यस वर्ष तीन टनेलमा डेढ लाख बिरुवा हुर्काउनुभएको छ । ती बिरुवा बिक्रीबाट रु ३५ लाख आम्दानी हुने बानियाँले बताउनुभयो । टिमुरलगायतका विभिन्न किसिमका औषधीय गुणले युक्त बहुउपयोगी जडीबुटी खेतीमा लाग्नुभएका बानियाँले दुई वर्षअघि इलाम पुगेर रु एक लाख ११ हजारमा एक केजी सतुवाको बीउ खरिद गरेर ल्याई म्याग्दीमा सतुवा खेतीको शुरुआत गर्नुभएको थियो । बानियाँ सतुवा खेती गर्ने जिल्लाको पहिलो कृषक हुनुहुन्छ ।
“टिमुर खेतीसँगै सतुवा खेतीलाई व्यावसायिक रूप दिएको छु, मागअनुसारका बिरुवा पु¥याउन सकेको छैन”, बानियाँले भन्नुभयो । उहाँका अनुसार नर्सरीमा उत्पादित डेढ लाख बिरुवामध्ये एक लाख बिरुवाको माग काभ्रे जिल्लाबाट, २० हजार बिरुवा बागलुङ र ३० हजार बिरुवा नेपाल रेडक्रस सोसाइटीले माग गरिसकेका छन् । आगामी वर्षदेखि वार्षिक एक करोड सतुवाका बिरुवा बिक्री गर्ने योजना रहेको बानियाँले बताउनुभयो ।
समुद्री सतहदेखि एक हजार ५०० मिटरको उचाइ भएको क्षेत्रमा सतुवा खेती गर्न सकिने बताउँदै बानियाँले तोरीपानी सतुवालगायतका जडीबुटी खेतीका लागि उपयुक्त भएको र यो खेतीबाट मनग्य आम्दानी गर्न सकिने बताउनुभयो । बानियाँले पहिलो वर्ष ग्रीनहाउस निर्माण, माटो परीक्षण गरी सतुवाको बीउ ल्याएर लगाएको बताउनुभयो । उहाँका अनुसार अहिले सतुवाका बिरुवा खरिद गर्न बाहिरी जिल्लाबाट समेत मानिस आउन थालेपछि नर्सरीमा भीड लाग्न थालेको छ ।
बानियाँले समूहमा आउनेलाई प्रतिबिरुवा रु ३५ र व्यक्तिगतरूपमा आउनेलाई प्रतिबिरुवा रु ५० मा बिक्री गर्दै आउनुभएको छ । बानियाँ सतुवा खेती गर्ने म्याग्दीको एक मात्र किसान हुनुहुन्छ । रासस
News Desk 0 response बुधबार, चैत्र ५, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
आइतबारको बिदा खारेज गर्न लागिएको होइन :..
आइतवार, जेष्ठ २४, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३



