

-
तनहुँ । यहाँका व्यावसायिक अदुवा कृषक उचित मूल्य नपाएपछि चिन्तित भएका छन् । अदुवा लगाएर घरखर्च चलाउने सपना बोकेका यहाँका कृषकले सोचेअनुरुप अदुवाको उचित मूल्य पाएका छैनन् । आवश्यक मूल्य नपाएपछि घरपरिवार चलाउनसमेत समस्या भएको अदुवा कृषक ऋषिङ गाउँपालिका–३ रिजालडीका टेकबहादुर आलेले बताउनुभयो । “अदुवाको मूल्य सस्तो भएकाले घरव्यवहार चलाउन समस्या भएको छ ”, उहाँले भन्नुभयो, “अदुवा बिक्री गरेर घर खर्च चलाउने, चामल तरकारी किन्ने गरे पनि अहिले बजार मूल्य नपाएपछि समस्या भएको छ ।”
अदुवाले मूल्य नपाएपछि केही कृषकले सुठोसमेत बनाउने गरेका छन् । आलेको यस वर्ष दुई सय धार्नी अदुवा उत्पादन भएको छ । अदुवाको बिक्री गाउँमै भए पनि निकै संस्तो मूल्यमा बेच्नुपरेको उहाँको भनाइ छ । बजारमा ग्राहकलाई व्यापारीसँग करीब रु चार सय धार्नीमा अदुवा किन्नुपर्ने बाध्यता रहे पनि कृषकले भने एक धार्नीलाई रु एक सय ३० मा बिक्री गर्नुपरेको कृषक आलेले बताउनुभयो । जिल्लाका ऋषिङ, भिमाद, घिरिङ, देवघाट गाउँपालिकालगायत एक दर्जन पालिका अदुवा खेतीका लागि मुख्य क्षेत्र मानिएको जिल्ला कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । रासस
News Desk 0 response मङ्लबार, चैत्र ४, २०७६

सम्बन्धित शीर्षकहरु
-
इरानको मिसाइल हमलाबाट कुवेतमा एक जनाको मृत्यु
बुधबार, जेष्ठ २०, २०८३ -
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३ -
ट्रम्पले नेतन्याहूलाई हप्काए, हिजबुल्लाह र इसराइलबीच आंशिक..
मङ्लबार, जेष्ठ १९, २०८३
-
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३
-
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३



