

-
एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्गमा रहेको QR Code Scan गरी कारोबार गर्नुहुने ग्राहक महानुभावहरू तथा मर्चेन्टहरूलाई ‘जति धेरै Scan and Pay, त्यति धेरै पैसा’ योजना अन्तर्गत नगद उपहारको अफर ल्याएको छ । यो योजना अवधिभर मर्चेन्टहरूले १५ हजार रूपैयाँसम्म र ग्राहक महानुभावहरूले १५ सय रूपैयाँसम्म नगद प्राप्त गर्न सक्नुहुनेछ । साथै, लक्की ड्र मार्फत पाँच जना भाग्यमानी मर्चेन्टहरूले एक वर्षको लागि निःशुल्क इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नुहुनेछ । यो योजना अन्तर्गत ग्राहक महानुभावहरू तथा मर्चेन्टहरूले २०७६ चैत १ देखि एक महिनासम्म मोबाइल बैंकिङ्ग मार्फत कारोबार गर्नुपर्ने बैंकको प्रमुख सर्त रहेको छ । बैंकले डिजिटल भुक्तानी सम्बन्धी अन्य थुप्रै योजनाहरू ल्याउदै आएको छ भने आगामी दिनहरूमा समेत यस्तै प्रकारका योजनाहरूलाई निरन्तरता दिनेछ । यस किसिमका योजनाहरूले आमजनमानसलाई डिजिटल बैंकिङ्गप्रति आकर्षित गर्ने तथा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै नेपाल सरकारको ‘डिजिटल नेपाल २०२०’ को लक्ष्यलाई समेत टेवा पुर्याउने बैंकले विश्वास लिएको छ ।
एन आई सी एशिया बैंकले विभिन्न नगद फिर्ता सम्बन्धी अफरहरू आफ्ना ग्राहक महानुभावहरू सामु नियमित रुपमा ल्याइरहेको छ । जस्तै, प्रत्येक शुक्रबार बेलुकी ८ बजे देखि शनिबार बिहान ८ बजेसम्म सञ्चालित ‘ह्याप्पी आवर’ मा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी ५ प्रतिशत वा १ सय रूपैयाँसम्म नगद फिर्ता, पहिलोपटक विजुलीको बिल भुक्तानी गर्दा ५ प्रतिशत वा १ हजार रूपैयाँसम्म छुट, प्रत्येक बुधबार केएफसी तथा पिज्जा हटमा १० प्रतिशत नगद फिर्ता, प्रत्येक बुधबार दराज अनलाइनबाट सामान खरिदमा १० प्रतिशत वा ५ सय रूपैयाँसम्म छुट, सोनी ब्राभिया टेलिभिजन खरिद गर्दा १० प्रतिशत वा २ हजार रूपैयाँसम्म छुट, ‘जति धेरै कारोबार, त्यति धेरै उपहार’ योजना अन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग गरी भाग्यमानी ग्राहक महानुभावहरूले १ हजार रूपैयाँसम्मको नगद उपहार लगायत विभिन्न योजनाहरू बैंकले सञ्चालन गरिरहेको छ । बैैंकको मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी रिचार्ज गर्दा ३ प्रतिशत छुट पनि उपलब्ध छ । यससँगै ग्राहक महानुभावहरूले मोबाइल बैंकिङ्ग र डेबिट कार्ड प्रयोग गरी २ हजार २ सय वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने आकर्षक फाइदा लिन सक्नुहुनेछ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३ सय १९ शाखा कार्यालयहरु, ४ सय ५४ एटिएम, १ सय ७ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
News Desk 0 response शनिबार, चैत्र १, २०७६

सम्बन्धित शीर्षकहरु
-
इरानको मिसाइल हमलाबाट कुवेतमा एक जनाको मृत्यु
बुधबार, जेष्ठ २०, २०८३ -
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३ -
ट्रम्पले नेतन्याहूलाई हप्काए, हिजबुल्लाह र इसराइलबीच आंशिक..
मङ्लबार, जेष्ठ १९, २०८३
-
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३
-
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३



