

-
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आएपछि नेपाल स्टक एक्सचेञ्जले सर्किट लगाएको छ । शेयर बजार आज पुनः नकारात्मक सर्किट लगाउनुपर्ने गरी ओरालो लागेको हो । गत बिहीबारपछि आज खुलेको बजारमा कारोवारको शुरुवातीदेखि नै ओरालोको यात्रा तय गरेको हो । स्टकले कारोवार आज दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेको छ । नेप्सेका अनुसार नेप्से ६.०२ प्रतिशत बढीले ओरालो लाग्दा नकारात्मक सर्किट लगाइएको हो । आज १ बजेर १३ मिनेटमा नेप्सेले सर्किट लगाएको हो ।
पहिलो पटक ११ बजेर ५९ मिनेटमा ४ प्रतिशतले बजार घटेपछि सर्किट लागेको थियो । त्यसपछि १२ बजेर ३१ मिनेटमा पनि ४ प्रतिशतले नै नेप्से ओरालो लागेपछि ४० मिनेटको लागि कारोबार स्थगित गरिएको थियो । पुन १ बजेर १३ मिनेटमा बजार ६ प्रतिशतले घटेपछि कारोबार बन्द भएको छ ।
नेप्से ८६.३९ विन्दुले घटेर एक हजार ३४९.३१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १७.३५ ले घटेर २९०.३६ मा पुगेको छ । सर्किट लाग्नुअघि कूल १६१ कम्पनीको २७ लाख ३५ हजार ४१८ कित्ता शेयर रु एक अर्ब सात करोड ६६ लाख ९६ हजार ३०० बराबरको कारोवार भएको थियो ।
नकारात्मक सर्किट लागेको बजारमा नेपाल लाइफ इन्स्योरेन्सको मात्रै रु आठ करोड ५८ लाख ९९ हजार ४१३ बराबरको कारोवार भएको छ । यस्तै एनआइसी एशिया बैंकको रु आठ करोड २० लाख ५५ हजार ११४ र एनएमबी बैंकको रु ६ करोड ७९ लाख ६४ हजार ४८९ बराबरको कारोवार भएको छ । रासस
News Desk 0 response मङ्लबार, फाल्गुन २७, २०७६

सम्बन्धित शीर्षकहरु
-
इरानको मिसाइल हमलाबाट कुवेतमा एक जनाको मृत्यु
बुधबार, जेष्ठ २०, २०८३ -
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३ -
ट्रम्पले नेतन्याहूलाई हप्काए, हिजबुल्लाह र इसराइलबीच आंशिक..
मङ्लबार, जेष्ठ १९, २०८३
-
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३
-
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३



