

-
रामपुर । पाल्पा रामपुरका महिला आयआर्जन गर्न लुगाधुने पाउडर उत्पादन शुरु गर्न थालेका छन् । रामपुर नगरपालिका वडा नं ८ स्थित जनचेतना आमा समूहका महिलाले समूहमा लुगा धुने पाउडर उत्पादन शुरु गरेका छन् ।
यहाँका पाँच महिलाले आयआर्जन लिन र फुर्सदको समय सदुपयोग गर्दै व्यावसायिक तवरले सो पाउडर उत्पादनको थालनी गरेका हुन् । समूहमा आबद्ध पाँच महिला मिलेर तालीम लिएर आएपछि पहिलो चरणमा परीक्षणका रुपमा करिब रु ३० हजार बराबरको लुगा धुने पाउडर उत्पादन गरिसकेको सविता अर्यालले बताउनुभयो ।
महिलाले अहिले शुरुको समय भएकाले थोरैथोरै रकम उठाएर सो पाउडर उत्पादन शुरु गरेको समूहका अर्का सदस्य दिलमाया श्रेष्ठ बताउनुहुन्छ । बिस्तारै लगानी बढाउँदै उत्पादनलाई वृद्धि गरी फुर्सदमा रहेका महिलालाई यस कार्यमा सहभागी बनाउने उहाँको भनाइ छ ।
पहिलो चरणमा परीक्षणका रुपमा उत्पादन गरिएको उक्त पाउडरको उत्पादन राम्रो रहेको र यसको प्रवद्र्धनका लागि वडा कार्यालयले सहयोग गर्ने वडा सदस्य मोहन श्रेष्ठ बताउनुहुन्छ । तालीम लिएर आएपछि महिलाले यसको व्यवसायमा उत्साहजनकरुपमा लागेको उहाँले बताउनुभयो । नगरपालिकाले महिलालाई लक्षित गरी सो पाउडर उत्पादन तालीम दिएपछि व्यावसायिकरुपमा महिलाले उत्पादन कार्य शुरु गरेका हुन् ।
नगरपालिकाले महिलालाई स्वरोजगार बनाउन महिला विकास शाखाअन्तर्गत रु एक लाख ५० हजार बजेटमार्फत लुगा धुने पाउडर उत्पादनसम्बन्धी तालीम दिएको सूचना अधिकारी रामहरि पाण्डेयले जानकारी दिनुभयो । तालीममा नगरका ३० महिलालाई दुई दिनसम्म उक्त पाउडर उत्पादन तालीम दिएपछि उनीहरुले व्यावसायिक तरिकाले उत्पादन कार्य शुरु गरेका उहाँले बताउनुभयो ।
महिलाले घरमै बसेर पनि लुगा धुने पाउडर उत्पादन गर्न सकिने हुँदा तालीम अत्यन्तै प्रभावकारी रहेको वडा नं ५ स्थित हरितक्रान्ति बहुद्देश्यीय महिला समूहबाट सहभागी तुलसी रेग्मीले बताउनुभयो । चुनढुङ्गा, सोडा, सेन्ट, क्यामिकललगायत आठ थरीका सामानको मिश्रणबाट सो पाउडर बनाउन सकिने उहाँले बताउनुभयो । बिक्रीका लागि मात्र नभई घरायसी प्रयोजनका लागि उपयोगी हुने भएकाले यसको उत्पादनमा महिला आकर्षित भएका छन् । रासस
News Desk 0 response शनिबार, फाल्गुन २४, २०७६

सम्बन्धित शीर्षकहरु
-
इरानको मिसाइल हमलाबाट कुवेतमा एक जनाको मृत्यु
बुधबार, जेष्ठ २०, २०८३ -
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३ -
ट्रम्पले नेतन्याहूलाई हप्काए, हिजबुल्लाह र इसराइलबीच आंशिक..
मङ्लबार, जेष्ठ १९, २०८३
-
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३
-
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३



