

-
सर्लाही । हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योग लिमिटेडले क्रसिङका बेला किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन थालेको छ । गत पुस ११ गतेदेखि सञ्चालनमा आएको उद्योगले हालसम्म रु ५० करोड भुक्तानी गरेको उद्योगका प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलो चरणमा गत पुस ११ देखि माघ १० गतेसम्म किसानबाट खरिद गरेको उखुको भुक्तानी गरिएको हो । जिल्लाकै सबैभन्दा ठूलो चिनी उद्योग इन्दुशङ्करले हालसम्म २४ लाख ४८ हजार क्विन्टल उखु क्रसिङ गरिसकेको उद्योगले जनाएको छ । उद्योगले यस वर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिए पनि पर्याप्त उखु नआएकाले लक्ष्य पूरा नहुने देखिएको प्रशासकीय अधिकृत ठाकुरप्रसाद नेपालले बताउनुभयो ।
जिल्लामा रहेका तीन चिनी उद्योगमध्ये इन्दुशङ्कर चिनी उद्योग लिमिटेड र महालक्ष्मी चिनी उद्योग बगदह सञ्चालनमा छन । किसानबाट अघिल्ला वर्षमा खरिद गरेको उखुको भुक्तानी दिन नसकेको अन्नपूर्ण चिनी उद्योग धनकौल भने अहिले पनि बन्द अवस्थामा छ । नेपाल सरकारले दिने अनुदान बापतको रु ६५।२८ का दरले उखु किसानले पाउनुपर्ने रकम कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाइसकेको छ । उखु उत्पादन गरेको जग्गाको विवरण प्रमाणित भएपछि अनुदान बापतको रकम किसानलाई वितरण शुरु गरिने कोलेनिका मलङ्गवाका प्रमुख जगत थपलियाले बताउनुभयो । सरकारले किसानले उखु उत्पादन गरेको जग्गाको विवरण प्रमाणित गरिदिन सबै स्थानीय तहलाई आग्रह गरिसकेको छ । रासस
News Desk 0 response बिहिबार, फाल्गुन २२, २०७६

सम्बन्धित शीर्षकहरु
-
इरानको मिसाइल हमलाबाट कुवेतमा एक जनाको मृत्यु
बुधबार, जेष्ठ २०, २०८३ -
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३ -
ट्रम्पले नेतन्याहूलाई हप्काए, हिजबुल्लाह र इसराइलबीच आंशिक..
मङ्लबार, जेष्ठ १९, २०८३
-
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३
-
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३



