

-
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च वृद्धि हुनेक्रम आज पनि जारी रह्यो । नेपाल स्टक एक्स्चेञ्जका अनुसार आज नेप्से परिसूचक ३६.०५ अङ्कले बढेर एक हजार ६३२.१७ मा पुुगेर रोकियो । यस्तै सेन्सेटिभ परिसूचक ११.६३ अङ्कले बढेर ३४७.६८ मा पुुगेको छ । जुन प्रतिशतका आधारमा ३.४६ हो ।
नेप्सेमा भारी वृद्धि हुँदा कारोवार रकम झण्डै साढे चार अर्ब पुुगेको छ । आज कूल १८० कम्पनीका एक करोड आठ लाख ५९ हजार ६५६ कित्ता शेयर रु चार अर्ब ४६ करोड पाँच लाख ३६ हजार २५१ मा खरिद बिक्री भयो । नेप्सेमा भारी वृद्धि हुँदा कारोवार भएका कूल १२ मध्ये तीन उपसमूहको शेयर मात्र उकालो लागेको छ । बैंकिङ ८३.२९ अङ्कले बढ्दा विकास बैंक ३८.६५ र उत्पादन उपसमूहको शेयर १६.४५ अंकले बढेको छ । व्यापार ४८.४३, होटल २७.६२, जलविद्युत् २१.५, वित्त ८.५२, निर्जीवन बीमा २१३.३९, अन्य २२.५३, लघुवित्त ५६.३५, जीवन बीमा १६४.६३ र सामूहिक लगानी कोषको ०.१६ अङ्कले घट्यो ।
कारोवार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु २८ करोड ९२ लाख ३७ हजार २८३ मा खरिद बिक्री भयो । यस्तै एनआइसी एशिया बैंकको रु २० करोड ५९ लाख ४६ हजार ५०५, एनएमबी बैंकको रु १५ करोड ७० लाख ६१ हजार २३८, नवील बैंकको रु १५ करोड ३० लाख ६७ हजार ५७८, शिवम् सिमेन्टको रु १४ करोड ८९ लाख ६७ हजार ८७ र प्रभु बैंकको शेयर रु ११ करोड ८३ लाख १७ हजार ८९० मा खरिद बिक्री भयो ।
आज सबैभन्दा बढी एभरेष्ट बैंकका शेयरधनीले १० प्रतिशतले कमाए । यस्तै नेपाल एसविआइ बैंकका ९.९४, हिमालन बैंकको ९.९२, नवील बैंकको ९.७७, वमि माइक्रोफाइनान्स वित्तीय संस्था ९.३१, स्टाण्र्डड चार्टड बैंकको ८.७० र एनआइसी एशिया बैंकका लगानीकर्ताले ८.२० प्रतिशतले कमाए ।
परिसूचक बढे पनि आज सबैभन्दा बढी नाग्दी ग्रुप पावरका शेयरधनीले ६.७१ प्रतिशतले गुमाए । सिनर्जी पावर ६.५०, समृद्धि फाइनान्स ६.१९, साल्ट ट्रेडिङ कर्पोरेशन ४.९९, युनाइटेड इन्स्योरेन्स ४.८५ र नेपाल सेवा लघुवत्त वित्तीय संस्थाका शेयरधनीले ४.८१ प्रतिशतले गुमाए । रासस
News Desk 0 response बिहिबार, फाल्गुन १५, २०७६

सम्बन्धित शीर्षकहरु
-
आयकरको सीमा बढाउँदा सरकारी कर्मचारीहरुलाई हाइसन्चो
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३
-
आयकरको सीमा बढाउँदा सरकारी कर्मचारीहरुलाई हाइसन्चो
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३
-
दलको झोला बोकेर सरकारी सेवा ?
शुक्रबार, जेष्ठ ८, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू
बिहिबार, जेष्ठ ७, २०८३



