

-
सुरुङ्गा । झापा गाउँपालिका र कनकाई नगरपालिकामा मकैजोन कार्यक्रम लागू भएपछि यहाँका कृषक मकैखेतीतर्फ आकर्षित भएका छन् । झापा गाउँपालिकाको वडा नं ६ र कनकाई नगरपालिका–५ मा गरी ५०० हेक्टर क्षेत्रफलमा मकैजोन कार्यक्रम सञ्चालन गरिएसँगै यहाँका कृषक मकैखेतीतर्फ आकर्षित भएका हुन् ।
धानपछि झापामा धेरै क्षेत्रफलमा मकैखेती हुने गरेको छ । अझ सरकारले झापामा मकैजोन कार्यक्रम सञ्चालन गरेपछि मकैखेतीका लागि यहाँका कृषक थप उत्साहित बनेका छन् । उत्पादनका लागि उर्वरभूमि मानिने झापा गाउँपालिका र कनकाई नगरपालिकामा मात्रै मकैजोन सञ्चालनका लागि चालू वर्ष सङ्घीय सरकारबाट रु एक करोड २४ लाख ६५ हजार बजेट विनियोजन भएको झापा जिल्ला जोन परियोजना कार्यान्वयन एकाइका प्रमुख रवीन्द्र सुवेदीले जानकारी दिनुभयो ।
झापामा प्रत्येक वर्ष दुई लाख आठ हजार मेट्रिक टन मकै उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । झापामा वसन्ते मकै ३१ हजार हेक्टर, हिउँदे मकै आठ हजार हेक्टर र बर्खे मकै ९०० हेक्टरमा उत्पादन हुँदै आएको केन्द्रले जनाएको छ । उत्पादनका हिसाबले समेत राम्रो हुने भएपछि झापाका अधिकांश कृषक यो समयमा उन्नत जात (हाइब्रिड) मकैखेती गर्दै आएका छन् । झापामा मकैजोन कार्यक्रम लागू भएपछि मकैखेती गर्ने कृषकको सङ्ख्या बढ्दो छ ।
झापा गाउँपालिकाको छ वडामा झण्डै ८० प्रतिशत क्षेत्रफलमा मकैखेती गरिएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताउनुभयो । एक बिघा क्षेत्रफलमा यहाँका कृषकले रु एक लाखदेखि एक लाख ५० हजारसम्म मकै बेचेर आम्दानी गर्ने गरेको गाउँपालिका–३ निवासी देवकुमार गणेशले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य बाली (गहुँ, तोरी, फापर, आलस) को तुलनामा मकैखेतीबाट धेरै आम्दानी हुने भएपछि म मात्रै होइन झापाका सबैजसो कृषक अहिले मकैखेती नै गर्छन् ।”
गणेशले पनि उन्नतजातको मकैखेती गर्नुभएको छ । उहाँले वर्णशङ्कर (हाइब्रिड) मकै लगाउनुभएको छ । विगत वर्षदेखि नै आफूले मकैखेती गर्दै आएको र गाउँपालिकाले अहिले कृषकलाई मकैखेतीका लागि प्रोत्साहन गरेपछि थप उत्साह मिलेको उहाँको भनाइ छ । सोही स्थानका गणितप्रसाद गणेशले पनि मकैखेती शुरु गरेको आठ÷दश वर्ष नै भयो । उहाँले पनि मकैखेतीबाटै मनग्य आम्दानी गर्दै आउनुभएको छ । एक बिघामा १४० मन मकै उत्पादन हुने गरेको गणेशले बताउनुभयो । उहाँले अहिले ‘छैसठ्ठी जिरो सात’ प्रजातिको हाइब्रिड (वर्णशङ्कर) मकैखेती गर्नुभएको छ । “स्थानीय प्रजातिको मकैमा भन्दा हाइब्रिड मकैखेतीमा राम्रो आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “एक बिघामा खर्च कटाएर पनि रु एक लाख नाफा हुन्छ ।”
धेरै क्षेत्रफलमा र व्यावसायिक मकैखेती गर्ने कृषकमध्मे पदम सुवेदी पनि एक हुनुहुन्छ । उहाँले अहिले तीन बिघा क्षेत्रफलमा मकैखेती गरिरहनुभएको छ । उन्नत जातको मकैको बीउ नेपालमा नपाइने र मकैको बीउ खरिदमा धेरै पैसा जाने भएकाले नेपालमै उन्नत जातको मकैको बीउ तयार गरेर कृषकलाई सरकारले उपलब्ध गराउने हो भने मकैखेती गर्ने कृषकले निराश बन्नुपर्ने अवस्था सिर्जना हुने थिएन । अहिले मकैको बीउ खरिदका लागि भारतीय बजारको भर पर्नु परेको उहाँको भनाइ छ ।
झापा गाउँपालिकाले कृषकका लागि विभिन्न शीर्षकमा बजेट विनियोजन गर्दै मकैखेतीका लागि प्रोत्साहन गरेको छ । यसबाट गाउँपालिकाका कृषकले अहिले तोरी र गहुँखेतीभन्दा धेरै क्षेत्रफलमा मकैखेती गरिरहेको गाउँपालिकाका अध्यक्ष साहले बताउनुभयो । रासस
News Desk 0 response मङ्लबार, फाल्गुन १३, २०७६

सम्बन्धित शीर्षकहरु
-
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३ -
ट्रम्पले नेतन्याहूलाई हप्काए, हिजबुल्लाह र इसराइलबीच आंशिक..
मङ्लबार, जेष्ठ १९, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३
-
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३



