• काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिशमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन् ।

    राष्ट्रपतिको कार्यालयले विज्ञप्ति निकालेर नेपालको संविधानबमोजिम मर्यादाक्रम हेरफेर गरेको जानकारी गराएको छ ।

    यसअघि सातौँ वरीयतामा रहेकी कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम तेस्रो स्थानमा आएकी छिन् ।

    यसअघि मन्त्रिपरिपद्को तेस्रो वरीयतामा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल चौथोमा पुगेका छन् ।

    सोविता तेस्रो वरीयतामा उक्लिँदा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्सालको वरीयता एक–एक स्थान तल झरेको छ ।

    सोबिता गौतम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को महाधिवेशनबाट पार्टीको उपसभापतिमा निर्वाचित भएकी थिइन् ।