• काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भारतको दुईदिने राजकीय भ्रमणका क्रममा मंसिर ७ गते सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् ।

    भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको तालिका अनुसार, दुई प्रधानमन्त्रीबीच नयाँ दिल्लीको हैदरावाद हाउसमा भेटवार्ता हुनेछ ।

    प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार दिउँसो सवा ३ बजे नयाँ दिल्ली पुग्नेछन् । त्यस दिन साँझ ६ बजे उनले होटेल ताजमहलमा भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्ने तालिका छ ।

    सोमबार बिहान १० बजे राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत तथा भेटघाटको कार्यक्रम छ । त्यसपछि उनी श्रद्धाञ्जली अर्पण गर्न राजघाट पुग्नेछन् । राजघाटको कार्यक्रमपछि शाह र मोदीबीच भेटवार्ता हुनेछ ।

    सोमबार मध्याह्न १२ बजेर २५ मिनेटमा सहमति तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम तय गरिएको छ ।

    प्रधानमन्त्री शाहले सोमबार दिउँसो सवा ३ बजे राष्ट्रपति निवासमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्नेछन् ।

    त्यसपछि अपराह्न ४ बजेर ५० मिनेटमा उनी नयाँ दिल्लीबाट स्वदेश प्रस्थान गर्ने कार्यतालिका छ ।