

-
काठमाडौं : सरकारले आगामी स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी अघि बढाएको छ। निर्वाचन आयोगले वर्तमान जनप्रतिनिधिको कार्यकाल समाप्त हुनुअघि निर्वाचन सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था स्मरण गराउँदै सरकारलाई चैत ५ गतेभित्र निर्वाचन गराउन सुझाव दिएको हो।
निर्वाचन आयोगसँगको परामर्शपछि सरकारले निर्वाचनको मिति निर्धारण गर्ने गृहकार्य अघि बढाएको छ। आयोगले निर्वाचन तयारीका लागि कम्तीमा १२० दिन अर्थात् चार महिनाको समय आवश्यक पर्ने जनाएको छ।
२०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूले सोही वर्ष जेठ ५ गतेदेखि कार्यभार सम्हालेका थिए। उनीहरूको पाँचवर्षे कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै नयाँ निर्वाचन सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था रहेको आयोगको भनाइ छ।
यसै आधारमा आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तह निर्वाचन सम्पन्न गर्ने गरी सरकारलाई उपयुक्त मिति सुझाएको हो।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले निर्वाचनका लागि आवश्यक समयसीमा र कानुनी व्यवस्थाका आधारमा सरकारलाई सुझाव दिइसकेको जानकारी दिएका छन्।
उनका अनुसार निर्वाचन सञ्चालनका लागि १२० दिनको तयारी अवधि आवश्यक पर्छ। वर्तमान जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै मतदान सम्पन्न गर्नुपर्ने भएकाले चैतभित्र निर्वाचन गर्ने गरी आयोगले परामर्श दिएको हो।
आयोगको सुझावअनुसार चैत ५ गतेभित्र निर्वाचन सम्पन्न गर्ने हो भने सरकारले मंसिरको पहिलो सातामै मिति घोषणा गर्नुपर्ने देखिएको छ।
यसका लागि मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति तोक्ने तयारी भइरहेको छ।
प्राप्त जानकारीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फर्किएपछि प्रधानमन्त्रीले आवश्यक परामर्श गरेर निर्वाचनको मिति निर्धारण गर्ने सम्भावना छ।
निर्वाचन आयोगले यसअघि नै निर्वाचनमा भाग लिने राजनीतिक दलहरूसँग परामर्श गरी सरकारलाई आफ्नो सुझाव पेस गरिसकेको छ।
News Desk 0 response सोमवार, मंसिर १, २०८३

सम्बन्धित शीर्षकहरु
-
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
‘वुल्कन’ रकेट प्रक्षेपण असफल, एमेजोनका ४० इन्टरनेट..
सोमवार, मंसिर १, २०८३ -
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३
-
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३
-
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३


