• काठमाडौं : अमेरिकी प्रविधि कम्पनी एमेजोनको स्याटेलाइट इन्टरनेट परियोजनालाई ठूलो धक्का लागेको छ । आइतबार ९नोभेम्बर १५० ‘वुल्कन’ रकेटको प्रक्षेपण असफल हुँदा कम्पनीका ४० वटा इन्टरनेट स्याटेलाइट निर्धारित कक्षमा पुग्न सकेनन् ।

    यो घटना एमेजोनका संस्थापक जेफ बेजोस र स्पेसएक्सका प्रमुख इलन मस्कबीच स्याटेलाइट इन्टरनेट सेवामा प्रतिस्पर्धा तीव्र भइरहेका बेला भएको हो ।

    युनाइटेड लञ्च एलायन्सद्वारा सञ्चालित वुल्कन रकेटले अमेरिकी राज्य फ्लोरिडाबाट स्थानीय समयअनुसार दिउँसो १२ः४० बजे उडान भरेको थियो । तर, प्रक्षेपणको करिब १० मिनेटपछि प्राविधिक समस्या आएको थियो । त्यसपछि रकेट स्याटेलाइटहरूलाई निर्धारित कक्षमा पुर्‍याउन असफल भयो ।

    एमेजोनले युनाइटेड लञ्च एलायन्ससँग ३८ वटा रकेट प्रक्षेपण गर्ने सम्झौता गरेको छ । कम्पनीले आफ्ना कुल तीन हजार २३२ इन्टरनेट स्याटेलाइटमध्ये करिब आधा वुल्कन रकेटमार्फत अन्तरिक्षमा पठाउने योजना बनाएको छ ।

    आइतबारको मिसन एमेजोनका लागि हालसम्मकै ठूलो स्याटेलाइट प्रक्षेपण हुने अपेक्षा गरिएको थियो ।

    एमेजोनले जुलाईपछि नयाँ स्याटेलाइट प्रक्षेपण गर्न सकेको थिएन । यस मिसनबाट आफ्नो नेटवर्क विस्तार गर्ने अपेक्षा एमेजोनले गरेको थियो ।

    कम्पनीले यी स्याटेलाइटमार्फत सन् २०२६ मा ‘एमेजोन लिओ’ नामक व्यावसायिक इन्टरनेट सेवा सुरु गर्ने योजना बनाएको छ ।